काठमाडौंः विश्वभक्त दुलाल ‘आहुति’ निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले जातीय भेदभाव तथा छुवाछूत कसुर मुद्दाका आरोपितलाई हिरासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गरेको छ ।
सञ्चारकर्मी रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नै झन्डावाल गाडीमा घर पुर्याई दिएपछि चौतर्फी आलोचना भइरहेको छ ।
यसै क्रममा ‘आहुति’ निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदीले एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री श्रेष्ठलाई कानून बमोजिम कारबाहीको माग गरेकी हुन् ।
उनले नेपल लोकतान्त्रिक गणतन्त्रभित्र पनि जात व्यवस्थामा आधारित व्यवस्तित संरचनामै भएकाे बताएकी छन् । ‘जंगबहादुरको मुलुकी ऐन र हिन्दू सामान्तावादी वर्णव्यवस्थाबाट संरचनागत रुमा जातीय व्यवस्थामा आधारित समाज संस्थागत हुँदै आएको छ, नेपल लोकतान्त्रिक गणतन्त्रभित्र पनि जात व्यवस्थामा आधारित व्यवस्तित संरचनामै छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैको उदाहरण हो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नश्लावादी दम्भ ।’
शिक्ष मन्त्री श्रेष्ठले आफ्नो काम छाडेर सरकारी गाडी र पदको दुरुपयो गरी अनुसन्धानका लागि थुनुवामा रहेकी सरस्वती प्रधानलाई थुनामुक्त गरी आफ्नै गाडी लानु मानव विरोधि अपराध भएकाे संगठनले बताएको छ ।
जातीय विभेदविरुद्धको अभियान हरेक राजनीतिक दलको बन्नुपर्ने संठनकाे ठहार छ । परिवर्तनको पक्षमा रही मानविय व्यवहारको प्रयोग र विकासको लागि संगठनले आह्वान पनि गरेको छ ।
प्रतिक्रिया