असोज ११, २०८३ आइतबार September 27, 2026

असार २१ मा नेपाली बजारमा जियोनी एम१५ सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः चिनियाँ ब्राण्ड जियोनीले आउँदो असार २१ गते नेपाली बजारमा एम१५ स्मार्टफोन भित्र्याउने भएको छ । केही वर्षको अन्तरालपछि कम्पनीले पुनः नेपालमा व्यवसाय सुचारू गर्दै छ । यसअन्तर्गत कम्पनिले आफ्नो पछिल्लो स्मार्टफोन एम१५ का साथ फेरि स्मार्टफोन बजारमा उपस्थिति जनाउन लागेको हो ।

कम्पनीका अनुसार जियोनी एम१५ मिड रेन्जको स्मार्टफोन हाे, जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित ४ वटा क्यामेरा रहेको छ । गेमिङ स्मार्टफोनका रुपमा सार्वजनिक हुने फोनमा उत्कृष्ट प्रविधिको प्रयोग भएको दावी कम्पनीले गरेको छ ।

जियोनी एम१५ मा ६.६७ इन्चको आईपीएस एलसीडी प्यानल अर्थात फुल एचडी डिस्प्ले रहेको छ । जसको रिफ्रेस रेट ६० हर्ज रहेको छ । फोनको पछाडिको भागमा चार वटा क्यामेरा सेटअप छ ।

जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेलकाे अल्ट्रावाइड, २ मेगापिक्सेलकाे म्याक्राे क्यामेरा र २ मेगापिक्सेलकाे डेप्थ सेन्सर रहेका छन् । भने, सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको क्यामेरा रहेको जनाइएको छ ।

एन्ड्रोइड ११ मा आधारित यो फोनमा मिडियाटेक हेलिया जी९० चिपसेट प्रयोग भएको छ । यो फोन ६ र ८ जीबी र्‍याम र १२८ जीबी रोम रहेको छ । डुअल सिमका साथै यसमा छुट्टै माइक्रोएसडी स्लट पनि उपलब्ध हुने जनाइएको छ ।

फोनमा ५१०० एमएएचको ब्याट्री रहेको छ । जसले १८ वाटको फास्ट जार्जिङ सपोर्ट गर्ने जनाइएको छ । फोरजी सपोर्टयुक्त फोनमा सुरक्षाका लागि फिङ्गरप्रिन्ट स्क्यानर उलब्ध रहेको छ ।

यो फोनको नेपाली मूल्यको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । तर अनुमानित रुपमा हेर्ने हो भने ६ जीबी तथा र्‍याम १२८ जीबी रोम भेरियन्टको बजार मूल्य २४ हजारको हाराहारीमा हुनेछ ।

त्यस्तै ८ जीबी र्‍याम तथा १२८ जीबी रोम भेरियन्टको बजार मूल्य २७ हजार ५ सय रहने अनुमान छ । कम्पनीका अनुसार यो फोन ग्रे र ब्लु गरी दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ । – टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार