काठमाण्डौः त्रिभुवन विश्वविद्यालयले २९ उपप्राध्यापकको रिक्त स्थानमा स्थायी पदपूर्तिका लागि खुला विज्ञापन आह्वान गरेको छ । त्रिवि सेवा आयोगले मंगलबार खुला तथा समावेशी कोटामा विज्ञापन आह्वान गरेको हो ।
त्रिविले कानून विषयमा सबैभन्दा धेरै २२ जना उपप्राध्यापक मागेको छ । जसमा १२ खुला, ३ महिला, ३ आदिबासी जनजाति, २ मधेसी, १ दलित र १ अपांगका लागि छुट्याएको छ । ग्रामीण विकासमा ७ र मैथिली भाषा अध्यापनका लागि १ उपप्राध्यापक मागिएको छ ।
त्रिवि सेवामा अस्थायी र करार सेवामा कार्यरतको हकमा उमेर हद लागू हुनेछैन । दरखास्त सिंगल दस्तुर तिरेर साउन १८सम्म र दोब्बर तिरेर त्यसको थप १ सातासम्म बुझाउन सकिनेछ । सेवा आयोगका अनुसार दरखास्त अनलाइनबाटै बुझाउन सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया