काठमाडौंः स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा क्रोसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन क्वार्टरफाइनल प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेटसम्म ३-३ गोलको बराबरी भएपछि अतिरिक्त समयमा भएको खेलमा स्पेनले जित निकाल्दै अन्तिम आठमा स्थान पक्क गर्यो । स्पेनलाई जित दिलाउन अल्भेरो मोराटाले १०० औं मिनेटमा र मिकेल ओयरजबालले १०३ औं मिनेटमा गोल गरेका थिए ।
त्यसअघि स्पेनका मिडफिल्डर पेड्रीको आत्मघाती गोलबाट अग्रता क्रोएसियाले अग्रता लिएकाे थियाे । पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । ३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए ।
५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो अग्रता दिलाए । उनले फेरान टोरेसको क्रसमा हेडरमार्फत गोल गरेका थिए । ७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए । उनले पाउ टोरेसको लामो पासमा गोल गरेका थिए ।
८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया