असार २४, २०८२ मंगलबार July 8, 2025

वर्ष खेलाडी पुरुष र महिलालाई जनही दुई लाख पुरस्कार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने ‘पाँचौ संस्करणको पोखरा स्पोर्टस् अवार्ड’को तयारी पूरा भएको छ ।

मञ्चले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर रङ्गशालाको ब्याण्डमिन्टन हलबाट ‘सेमिभर्चुअल’ रुपमा अवार्ड वितरण समारोह आयोजना गरिने जनाएको छ । अघिल्लो वर्ष समेत कोरोना कारण सञ्चालन हुन नसकेको सो अवार्ड यसवर्ष विसं २०७६÷७७ दुई वर्षलाई जोडेर संयुक्त रुपमा प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी अवार्ड प्रदान मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

खेल क्षेत्रमा लागेका खेलाडी तथा प्रशिक्षक र खेल संघहरुको हौसला अभिवृद्धि तथा खेलकूदको विकासमा योगदान गर्ने उद्धेश्यले मञ्चले अवार्ड वितरण गर्दै आएको छ । विभिन्न सात विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार छन् । लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही रु दुई÷दुई लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चका महासचिव विजय नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार वर्ष उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकार ९दुई जना० लाई जनही रु ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने मञ्चले जनाएको छ ।

लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याउनुभएका केशव रञ्जित ९आनन्द० र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइने मञ्चले जनाएको छ ।

यसैगरी वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली ९कराते०, विनेश खनियाँ ९टेबलटेनिस० र सुमन अर्याल ९फुटबल० मनोनयनमा पर्नुभएको छ । वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) मनोनयनमा हुनुहुन्छ । उदीयमान तर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर(पौडी) किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनयनमा हुनुहुन्छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार