असार २४, २०८२ मंगलबार July 8, 2025

गोपीचन्द्र पार्कीको सहभागिताबारे तीन पक्षको संयुक्त स्पष्टीकरण (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः टोकियो २०२० ओलम्पिक अन्तर्गत म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागिता जनाउन नपाउने विषयमा राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटि र नेपाल एथलेटिक्स संघले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिका अनुसार म्याराथनमा गोपीको नाम पठाउनुका साथै तयारीका लागि आवश्यक प्रशिक्षणको पनि व्यवस्था मिलाइएको थियो ।

तर नेपालले स्थान पाएको युनिभार्सलिटि प्लेस मार्फत ओलम्पिकमा सहभागीता सुनिश्चित गर्नका लागि सम्बन्धित खेलको अर्न्तराष्ट्रिय महासंघको प्राविधिक कमिटीबाट निर्णय हुने भएको हुँदा म्याराथनको हकमा कोटा भन्दा धेरै आवेदन परेपछि गोपी सहभागी हुन नपाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाललाई म्याराथनमा नभई एथलेटिक्सको महिला विधाको १०० मी. दौडमा कोटा छुट्याइको जानकारी प्राप्त भएको समेत विज्ञप्तिमा जनाइएको छ ।

नेपाल ओलम्पिक कमिटी र नेपाल एथलेटिक्स संघले सम्बन्धित निकायहरुमा गोपीको सहभागीतका लागि अथक प्रयास गरेपनि सम्भव नभएको उल्लेख गरिएको छ ।

नेपालको लागि दिइएको कोटा अनुसार सरस्वती चौधरीले अब टोकियो ओलम्पिकको महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । हाम्रो खेलकुदबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार