असार २४, २०८२ मंगलबार July 8, 2025

अर्घाखाँचीका ६ वटै स्थानीय तहमा शिक्षकको तीन घण्टा धर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल शिक्षक महासंघको चौथो चरणको कार्यक्रम अन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ ।

अर्घाखाँचीका पाणिनि गाउँपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिका, सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिकामा महासंघमा आवद्ध शिक्षकको उपस्थितिमा बिहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा धर्ना दिइएको हो ।

शिक्षक तथा कर्मचारीलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, निजामती सरह सेवा उपलब्ध गराउनुपर्ने लगायतका माग राख्दै महासंघले चरणबद्ध कार्यक्रम गर्दै आएका छन् ।

यसअघि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको कार्यक्रम अनुसार देशभर पहिलो दिन असार १५ गते श्रद्धाञ्जली सभा गरिएको थियो । सरकारले शिक्षक तथा कर्मचारीलाई कोभिड खोप नदिएको विषयको आलोचना गर्दै शिक्षक कर्मचारीको उपस्थितिमा दिउँसो २ बजे ५ ओटा मैनबत्ती बालेर एक मिनेट मौनधारण गरी कोभिड -१९ का कारण ज्यान गुमाएका शिक्षकको स्मरण गरिएको थियो । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार