शिक्षकलाई पनि राष्ट्रसेवक कर्मचारी सरह समान व्यबहार गर्नुपर्छ भन्ने उदेश्यका साथ दायर गरिएको मुद्दाको आज बहस भएको हो ।
तनहुँ रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईको नेतृत्वमा करिब ५० जना शिक्षकहरु सहितले सरकारलाई विपक्षी बनाई हालिएको मुद्दामा निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता केशवमणि अर्यालले बहस गर्नु भएको थियो ।
आजको बहसको निर्णय समय अभावका कारण आज आउन नसकेको र आइतबार आउने स्रोतले जनाएको छ । आइतबार कारण देखाउ जारी गरि सरकारलाई १५ दिन भित्र कारण पेश गर्नका लागि आदेश दिने सम्भावना रहेको स्रोतले बताएको छ । साथै यो विवाद नितिगत सवालका सम्बन्धमा भएकोले यसलाई अन्तरिम आदेश जारी गरिरहन नपर्ने स्रातको दाबि छ ।
नेपाल सरकार ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय, अर्थमन्त्रालय,अर्थमन्त्री,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाई असार १७ गते मुद्दा दायर गरिएको थियो । खबर एजुकेशन
प्रतिक्रिया