श्रावण २५, २०८३ सोमबार August 10, 2026

डिम्याट र मेरो शेयर खाता अनलाइनबाट यसरी गर्नुहोस नवीकरण (टिप्स)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता र मेरो शेयर नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैअनुसार निक्षेप सदस्यहरुले प्रयोकगर्तालाई असार मसान्तसम्म डिम्याट खाता र मेरो शेयर नवीकरण गर्ने सूचनामार्फत जानकारी दिइरहेका छन् । यस्तो डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ ।

कोभिड–१९ कारण पहिलो जस्तो कार्यालयमै पुगेर डिम्याट तथा मेरो शेयर नवीकरण अवस्था छैन । हुन त सेवाप्रदायकले कार्यालयबाट पनि सेवा दिइरहेका छन् । तर, त्योभन्दा पनि दूरी कायम राख्नुपर्ने अहिलको अवस्थामा कार्यालयमा लाइन बस्न किन जाने ? जब कि प्रविधिले घरबाटै डिम्याट तथा मेरो शेयरको खाता नवीकरण गर्न सकिने सुविधा दिएको छ ।

यदि डिम्याट तथा मेरो शेयरको खाता नवीकरण नभएको खण्डमा आईपीओ भर्नदेखि लगायतका कुनै पनि कारोबार गर्न सकिँदैन । पछिल्लो समय धेरै कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेका छन् । यस्तोमा डिम्याट खाता नवीकरण नगर्नु भनेको उक्त कम्पनीहरुको आईपीओमा आवेदन गर्नबाट नै वञ्चित हुनु पनि हो ।

त्यसैले यहाँ हामी तपाईंले अनलाइबाटै डिम्याट खाता तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा डिम्याट खाता तथा मेरो शेयर कहिले नवीकरण गर्नुपर्छ भन्ने विषय जनकारी हुन आवश्यक छ ।

खाता कहिले नवीकरण गर्ने ?

डिम्याट खाता तथा मेरो शेयर खाताको नवीकरण समय एउटै हुँदैन । किनभने डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ । भने, मेरो शेयरको खाता तपाईंले खाता खोलेको मितिले एक वर्षमा नवीकरण गर्नुपर्छ । यदि तपाईंलाई मेरो शेयर खाता कहिले खोलेको हो भन्ने जानकारी छैन भने तपाईंले सहजै रुपमा मेरो शेयरबाट यो जानकारी लिन सक्नुहुनेछ ।

कसरी थाहा पाउने कहिले नवीकरण गर्ने भनेर ?

त्यसका लागि मेरो शेयरको वेबसाइटमा सुरुमा लगइन गर्नुपर्ने हुन्छ । हुन त मेरो शेयरको मोबाइल एप पनि उपलब्ध छ । तर, उक्त एपमा भने यो सुविधा उपलब्ध छैन । जब तपाईंले वेबमा मेरो शेयर लगइन गरी ड्यासबोर्डमा पुग्नुहुन्छ, तब त्यहाँ दायाँ साइडको माथि तपाईंको नाम देख्नु हुनेछ  ।

नवीकरण कसरी गर्ने ?

अब नवीकरण गर्ने कसरी त ? डिम्याट खाता र मेरो शेयर जुन कम्पनीबाट लिएको हो, त्यहाँ गएर पनि नवीकरण गर्न सकिन्छ । त्यतिमात्रै नभएर ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका मोबाइल वालेटबाट पनि मेरो शेयर तथा डिम्याट खाता नवीकरण गर्न सकिन्छ । त्यस्तै सम्बन्धित बैंकमा गएर पनि खाता नवीकरण गर्न सकिने सुविधा रहेको छ । टेकपाना यहाँ क्लिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश हस्तान्तरण
२०८३ श्रावण २५, सोमबार
हसिना प्रत्यर्पणमा भारतसँग बङ्गलादेशको आग्रह
२०८३ श्रावण २५, सोमबार
साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन
२०८३ श्रावण २५, सोमबार
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल
२०८३ श्रावण २५, सोमबार
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान
२०८३ श्रावण २५, सोमबार
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार