जेठ ५, २०८१ शनिबार May 18, 2024

डिम्याट र मेरो शेयर खाता अनलाइनबाट यसरी गर्नुहोस नवीकरण (टिप्स)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हरेक वर्ष असार मसान्तमा डिम्याट (हितग्राही) खाता र मेरो शेयर नवीकरण गर्नुपर्ने हुन्छ । त्यसैअनुसार निक्षेप सदस्यहरुले प्रयोकगर्तालाई असार मसान्तसम्म डिम्याट खाता र मेरो शेयर नवीकरण गर्ने सूचनामार्फत जानकारी दिइरहेका छन् । यस्तो डिम्याट तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषय धेरैका लागि चासोको विषय बनिरहेको छ ।

कोभिड–१९ कारण पहिलो जस्तो कार्यालयमै पुगेर डिम्याट तथा मेरो शेयर नवीकरण अवस्था छैन । हुन त सेवाप्रदायकले कार्यालयबाट पनि सेवा दिइरहेका छन् । तर, त्योभन्दा पनि दूरी कायम राख्नुपर्ने अहिलको अवस्थामा कार्यालयमा लाइन बस्न किन जाने ? जब कि प्रविधिले घरबाटै डिम्याट तथा मेरो शेयरको खाता नवीकरण गर्न सकिने सुविधा दिएको छ ।

यदि डिम्याट तथा मेरो शेयरको खाता नवीकरण नभएको खण्डमा आईपीओ भर्नदेखि लगायतका कुनै पनि कारोबार गर्न सकिँदैन । पछिल्लो समय धेरै कम्पनीले आईपीओ जारी गर्ने तयारी गरिरहेका छन् । यस्तोमा डिम्याट खाता नवीकरण नगर्नु भनेको उक्त कम्पनीहरुको आईपीओमा आवेदन गर्नबाट नै वञ्चित हुनु पनि हो ।

त्यसैले यहाँ हामी तपाईंले अनलाइबाटै डिम्याट खाता तथा मेरो शेयर कसरी नवीकरण गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा डिम्याट खाता तथा मेरो शेयर कहिले नवीकरण गर्नुपर्छ भन्ने विषय जनकारी हुन आवश्यक छ ।

खाता कहिले नवीकरण गर्ने ?

डिम्याट खाता तथा मेरो शेयर खाताको नवीकरण समय एउटै हुँदैन । किनभने डिम्याट खाता हरेक आर्थिक वर्षको अन्त्यमा नवीकरण गर्नुपर्छ । भने, मेरो शेयरको खाता तपाईंले खाता खोलेको मितिले एक वर्षमा नवीकरण गर्नुपर्छ । यदि तपाईंलाई मेरो शेयर खाता कहिले खोलेको हो भन्ने जानकारी छैन भने तपाईंले सहजै रुपमा मेरो शेयरबाट यो जानकारी लिन सक्नुहुनेछ ।

कसरी थाहा पाउने कहिले नवीकरण गर्ने भनेर ?

त्यसका लागि मेरो शेयरको वेबसाइटमा सुरुमा लगइन गर्नुपर्ने हुन्छ । हुन त मेरो शेयरको मोबाइल एप पनि उपलब्ध छ । तर, उक्त एपमा भने यो सुविधा उपलब्ध छैन । जब तपाईंले वेबमा मेरो शेयर लगइन गरी ड्यासबोर्डमा पुग्नुहुन्छ, तब त्यहाँ दायाँ साइडको माथि तपाईंको नाम देख्नु हुनेछ  ।

नवीकरण कसरी गर्ने ?

अब नवीकरण गर्ने कसरी त ? डिम्याट खाता र मेरो शेयर जुन कम्पनीबाट लिएको हो, त्यहाँ गएर पनि नवीकरण गर्न सकिन्छ । त्यतिमात्रै नभएर ईसेवा, खल्ती, आईएमई पे, प्रभु पे लगायतका मोबाइल वालेटबाट पनि मेरो शेयर तथा डिम्याट खाता नवीकरण गर्न सकिन्छ । त्यस्तै सम्बन्धित बैंकमा गएर पनि खाता नवीकरण गर्न सकिने सुविधा रहेको छ । टेकपाना यहाँ क्लिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया