भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

डिशहोमका ग्राहक मालामाल : जतिको रिचार्ज उति नै बोनस पाइने

ग्राहकले जति पैसाको रिचार्ज गर्यो उति पैसा बोनसस्वरूप पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डिशहोम डिटिएचका ग्राहकहरूले अब जति रकम रिचार्ज गर्यो उतिनै रकम बोनस पाउने भएका छन् । ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरू लाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्यो उति पैसा बोनसस्वरूप पाउनेछन् । यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै वोनस प्राप्त गर्नेछन् ।

यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको छ । यस्तै, नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउनेछन् ।

डिशहोम डिटिएचका नियमित ग्राहकहरूले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत् वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया