काठमाण्डौंः ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी कोपामा शनिबार चिलीलाई १–० ले हराउँदै साविक विजेता समेत रहेको ब्राजिल अन्तिम चारमा पुगेको हो ।
दोस्रो हाफमा लुकास पेक्वेटाले गरेको गोल नै खेल निर्णायक बनेको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै उनले गोल गरेका थिए । मैदान प्रवेश गरेको एक मिनेट भन्दा कम समयमा पेक्वेटाले गोल गरेका हुन् । दोस्रो हाफको सुरुमा उनी रोबेर्टो फर्मिनोको ठाँउमा मैदान प्रवेश गरेका थिए ।
खेलमा अग्रता लिएको दुई मिनेटपछि नै ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । ग्राबियल जिससले रातो कार्डको सामना गर्नेपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । तर त्यसको फाइदा चिलीले उठाउन सकेन । ब्राजिलले पेरुसँग सेमिफाइनल खेल्नेछ ।
शनिबार नै पहिलो क्वार्टरफाइनलमा पाराग्बेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो । निर्धारित समय ३–३ को बराबरीपछि टाइब्रेकरमा पेरुले बाजी मारेको थियो । दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए । कोपामा आइतबार उरुग्वे र कोलम्बिाया तथा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया