असार २४, २०८२ मंगलबार July 8, 2025

‘कि सम्बन्धन देउ, कि आफैँ कलेज सञ्चालन गर’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिएण्ड सी मेडिकल कलेजले सम्बन्धन नदिए सरकारलाई नै कलेज बुझाउने भएको छ । कलेजका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाइँले आज यहाँ पत्रकार सम्मेलन गर्दै कलेज सञ्चालनका लागि सम्बन्धन माग गरेपनि नदिएपछि सरकारलाई सञ्चालनको जिम्मा दिने बताउनु भएको छ ।

“ कि कलेजको सञ्चालनको लागि अनुमति देउ, यदि अनुमति नदिने हो भने सरकारले कलेज आफै चलायोस” उहाँले भन्नुभयो, “ भौतिक संरचना सहित बनेको कलेजलाई त्यतिकै बेवारिसे नराखियोस् ।”

उहाँले सरकारले सञ्चालन नगने हो भने आफूले सधैका लागि कलेज बन्द गर्ने समेत बताउनुभयो । झापाको अनारमनी–३ मा अवस्थित कलेजले सम्बन्धन नपाउदा कलेज सञ्चालन हुन सकेको छैन ।

गत बैशाखमा बसेको काठमाडौँ विश्वविद्यालयको ८९ औ सभाले चिकित्सा शिक्षा आयोगलाई कलेजको सम्बन्धनका सम्बन्धमा आवश्यक अध्ययन गरी प्रतिवेदन बुझाउन समेत निर्णय गरेको थियो ।

कार्यकारी निर्देशक प्रसार्इँले आयोगको टोलीले तयार पारेको प्रतिवेदन नबुझाउदा सम्बन्धनमा ढिलाई भइरहेको समेत बताउनुभयो ।

सभाले सात दिनभित्र कलेज सञ्चालनका सम्बन्धमा प्रवितेदन पेश गर्ने गरी डा। प्रकाशराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय अध्ययन तथा अनुगमन टोली गठन गरेको थियो । उहाँले कलेज सञ्चालनका लागि आफूले सवै प्रक्रिया पुरा गरिसकेकोले सम्बन्धन दिनुपर्ने माग राख्नुभयो ।

कोरोना भाइरसको समयमा स्वास्थ्यकर्मी अभाव भइरहेकोले बेला कलेजले सम्बन्धन पाए दक्ष जनशक्ति उत्पादन हुने उहाँको भनाइ रहेको छ । एमबिबिएस सञ्चालनका लागि कलेजले करिव ८ बर्ष अघि भौतिक पूर्वाधार तयार पारेपनि सरकारले अझै सम्बन्धन दिएको छैन । उहाँले कलेज सञ्चालनका लागि करिव रु ७ अर्ब रुपियाँ खर्च गरिएको सकेको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार