असार २४, २०८२ मंगलबार July 8, 2025

इटाली र स्पेनबीच सेमिफाइनलको स्थान पक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः युरोकप फुटबलको सेमिफाइनलमा इटाली र स्पेनबीच प्रतिष्पर्धा हुने भएको छ । दुवै टोलीले गएराति सम्पन्न खेलमा रोचक जीत हासिल गरेर सेमिफाइनलको स्थान पक्का गरेका हुन् ।

पहिलो खेलमा स्पेनले स्वीजरल्यान्डमाथि कठिन जीत हासिल गर्यो । निर्धारित समय र अतिरिक्त समयमा ११ गोलको बराबरी पछि पेनाल्टी सुटआउटमा निर्णय भएको थियो ।

दोस्रो खेलमा फिफा वरियतामा पहिलो नम्बरमा रहेको बेल्जियम इटालीसँग पराजित भएको छ । इटालीले २-१ ले बेल्जियमको युरोकप यात्रामा पूर्णविराम लगाइदिएको हो ।

स्वीजरल्यान्डका जाकारियाले आफ्नै पोष्टमा गोल गरेपछि स्पेनले अग्रता हासिल गरेको थियो । तर, साकिरीले बराबरी गोल गरी खेलमा फर्काएन खोजे । ७७औं मिनेटमा स्वीजरल्यान्डका फ्रुलर रातो कार्ड खान पुगे । बाँकी खेल स्वीजरल्यान्डले १० खेलाडीमा सिमित भएर खेल्यो । पेनाल्टी सुटआउटमा स्वीजरल्यान्डका एकजना खेलाडीले मात्र गोल गर्न सकेका थिए ।

निकै संगठित रहेको इटालीका बेराला र इन्सिग्नेले गोल गरी २-० को अग्रता दिलाएका थिए । लुकाकुले पहिलो हाफमो इञ्जुरी समयमा पेनाल्टी सुटबाट गोल गरेपनि बेल्जियम हारबाट जोगिएन । खेलमा बेल्जियमले थुप्रै गोल गर्ने अवसर खेर फालेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार