काठमाडौंः राष्ट्रिय परीक्षा वोर्डले एक सूचना जारि गर्दै कक्षा ११ को वार्षिक परीक्षा र नतिजाको काम २०७८ साउन मसान्तसम्ममा सक्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्थानीय तहको कोभिडको अवस्था र भौतिक अनुकूलतामा अनलाइन वा अफलाइन जुन विधि सम्भव हुन्छ,त्यहि विधि अपनाउन सूचना प्रकाशित गरेको छ ।
परीक्षा सन्चालन गर्नुपुर्व विद्यालयले परीक्षा वोर्डलाइ परीक्षाको मिति तथा विधिका बारेमा वोर्डका सम्बन्धित कार्यालयमा जानकारी गराउनु पर्ने सूचनामा उल्लेख छ ।
अघिल्लो वर्षभने कक्षा ११ को परीक्षा सन्चालन,व्यवस्थापन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधी २०७७ बमोजिम विद्यालयहरुले परीक्षा सन्चालन गरेका थिए ।
कक्षा १२ को परीक्षाको बारेमा भने केही दिनमा वोर्डको बैठक बसेर आवश्यक निर्णय गरिने बताइएको छ । परीक्षा साउन अन्तिम वा भदौ सुरुदेखि “होम सेन्टर“मा हुने पनिकाका नियन्त्रकले बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया