असार २४, २०८२ मंगलबार July 8, 2025

युरोकपः सेमिफाइनल समीकरण पूरा – सेमिफाइनलका खेलहरु जुलाइ ७ बाट शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । युरोपका विभिन्न ११ वटा सहरमा भइरहेको १६औं संस्करणको युरोकप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । युरोकपमा सेमिफाइनलका खेलहरु जुलाइ ७ बाट शुरु हुँदैछ ।

रोममा गएराति भएको अन्तिम क्वाटरफाइनल खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । इंग्ल्यान्डलाई सानदार जित जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गरे भने ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे । यससँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यस अघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो । अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ

शनिबार राति नै भएको अर्को खेलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । अजरबैजानको बाकुमा भएको खेलमा सहज जित निकाल्दै डेनमार्क १९९२ पछि पहिलो पटक युरोपियन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको हो । डेनमार्कले खेलको पाँचौँ मिनेटमा थोमस डेलानेले गरेको गोलसँगै अग्रता लिएको थियो ।

डेनमार्कले पहिलो हाफको खेल सकिन तीन मिनेट बाँकी रहँदा कास्पर डोलबर्गको गोलसँगै अग्रता दोब्बर पारेको थियो । पहिलो हाफमा २(० ले पछि परेको चेक टोलीले दोस्रो हाफ सुरुआत भएको ४ मिनेट नबित्दै एक गोल फर्कायो ।

फरवार्ड प्याट्रिक शिकले ४९औं मिनेटमा गोल गर्दै चेक रिपब्लिकलाई खेलमा फर्काएका थिए । तर, थप गोल गर्न नसक्दा डेनमार्कले २(१ को अग्रता जोगाउँदै २९ वर्षपछि अन्तिम ४ मा स्थान सुरक्षित गर्‍यो । अब डेनमार्कले सेमिफाइनलमा इङ्ल्यान्डसँग खेल्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार