काठमाडौंः त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायको सेमेष्टर प्रणालीमा आधारित स्नातकोत्तर तथा अधिस्नातक तहमा नयाँ भर्नाका लागि आवेदन फारम माग गरेको छ ।
इच्छुक व्याक्तिहरुले असार २० गते देखि साउन १८ गते सम्म भित्र आवेदन फारम बुझाउनु पर्ने छ । त्यसैगरी विलम्ब शुल्क सहित साउन १९ गते देखि २५ गते सम्म भित्र आवेदन बुझाउन सकिने विश्वविद्यालयले जानकारी दिएको छ ।
विश्वविद्यालयको आवेदन फारम मानविकी तथा सामाजिक शास्त्र संकायका वेबसाइट www.tufohss.edu.np मा अंकित entrance.tufohss.edu.np मार्फत उपलब्ध हुने सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया