वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सभामुख उम्मेदवार टुंगो लगाउन सोमबार नेकपा सचिवालय बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सभामुखको उमेदवार चयन, स्थायी समिति बैठकको मिति तोक्ने र उपनिर्वाचनको समीक्षा गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार (भोलि) बस्दैछ।

पुष्पकमल दाहाल (प्रचण्ड) लाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि सोमबार दोस्रो पटक सचिवालय बैठक बस्न लागेको हो। भोलि बस्ने सचिवालय बैठकमा रिक्त सभामुख पदमा पठाउने व्यक्तिको नाम र स्थायी समितिको बैठकको मिति तय गर्ने नेकपा वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन।

‘भोलि बस्ने बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने, स्थायी समिति बैठकको मिति तोक्ने र कसलाइ सभामुख बनाउने लगायतबारे छलफल हुनेछ।’

मंसिर ४ गते अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच जिम्मेवारी वाँडफाँटबारे सहमति भएको थियो।

सोमबारको सचिवालय बैठकको तयारीस्वरूप प्रचण्डले नेकपा नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन्।

यसै क्रममा शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए। सो भेटमा दुई नेताबीच सोमबार बस्ने सचिवालय बैठककै बारेमा छलफल भएको थियो।

उनले आइतबार विहान वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलसँग परामर्श गरेका छन्। प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा सोमबारको सचिवालय बैठकको सेरोफेरोमा केन्द्रित रहेर छलफल गरिएको वरिष्ठ नेता नेपालनिकट स्रोतले जनाएको छ।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते पहिलोपटक सचिवालय बैठक बसेको थियो।

उक्त बैठकमा भने प्रधानमन्त्री ओली, बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल उपस्थित भएका थिएनन्। त्यसैले सो बैठकममा दिर्घकालिन महत्वका विषयमा प्रवेश नगरेको नेताहरूले बताएका थिए।

अपेन्डिसाइटिसको उपचारमा मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकाले प्रधानमन्त्री ओली सो सचिवालय बैठकमा अनुपस्थित थिए भने खनाल र पोखरेल त्यतिबेला उपत्यका बाहिर थिए। सोमबारको बैठकमा भने सबैजना उपस्थित हुने नेकपाले जनाएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखाको कार्यक्रम सकेर आइतबार साँझ काठमाडौं आइपुग्नेछन्।

प्रचण्डको अध्यक्षतामा मंसिर १८ गते बसेको सचिवालय बैठकले मंसिर १४ गते उपनिर्वाचन भएका ३७ वटै जिल्लालाइ उपनिर्वाचनको समीक्षा पठाउन निर्देशन दिएको थियो ।
सोमबार बस्ने बैठकले नेकपाको केन्द्रीय समितिको समेत बैठकको मिति तोक्नेछ भने पोलिटव्युरो गठनसम्बन्धी निर्णय लिनसक्ने बताइएको छ।

नेकपाको एकवर्षदेखि स्थायी समितिको बैठक बसेको छैन ।

२०७५ मंसिर २९ गते बसेको स्थायी समिति बैठक त्यसयता अहिलेसम्म बसेको छैन । पार्टी एकिकरण घोषणाकै दिन २०७५ जेठ ३ गते बसेको केन्द्रिय समितिको दोस्रो बैठक १८ महिना वितिसक्दा पनि अहिलेसम्म बस्न सकेको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘पाँच वर्षमा एक सय खर्बको जिडिपी’ योजना आयोगको महत्त्वाकांक्षी लक्ष्य, प्रधानमन्त्री प्रतिबद्ध
२०८१ वैशाख १४, शुक्रबार
केन्यामा बाढीका कारण ३८ को मृत्यु
२०८१ वैशाख १४, शुक्रबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
२०८१ वैशाख १४, शुक्रबार
मटिहानी आगलागी घटना : क्षति पहिचान र राहतका लागि समन्वय गर्न टोली परिचालन
२०८१ वैशाख १४, शुक्रबार
गुल्मीमा विद्यार्थीको आँखा परीक्षण गरिने
२०८१ वैशाख १४, शुक्रबार
कक्षा १२ को परीक्षाको सबै तयारी पूरा – एक हजार ५२६ परीक्षा केन्द्र तोकिए
२०८१ वैशाख १३, बिहिबार
टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार
२०८१ वैशाख १३, बिहिबार