असार २४, २०८२ मंगलबार July 8, 2025

भीसा प्राप्त गरेका विद्यार्थीलाई विदेश अध्ययनमा जने व्यवस्था मिलाईदिन इक्यानको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल शक्षिक परामर्श संघ (इक्यान)ले उच्च शिक्षा हाँसील गर्न विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई विभिन्न वैकल्पिक उपाय तथा सावधानि अपनाएर समयमै अध्ययन गर्न जान पाउने व्यवस्था मिलाउन आग्रह गरेको छ । विदेशी शैक्षिक संस्थामा शुल्क बुझाएर बसेका भीसा प्राप्त गरेर यात्रा गर्न नपाएर बसेका विद्यार्थीहरुका लागि अध्ययन गर्न जान पाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

आज प्रस विज्ञप्ति जारी गर्दे नेपाल सरकार शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, विदेश स्थित नेपाली दुतावास तथा नेपाली विद्यार्थीहरुले इच्छाएका गन्तव्य मुलुकका नेपाल स्थित दुतावास तथा नियोगहरु समक्ष महँगो शुल्क तिरेर उच्च शिक्षा हाँसील गर्न विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई विभिन्न वैकल्पिक उपाय तथा सावधानीकासाथ समयमै अध्ययन गर्न जान पाउने व्यवस्था मिलाउन इक्यानले आग्रह गरेको छ ।

शिक्षा मन्त्रलयले निषेधाज्ञाको समयमा पाँच मुलुकहरुको लागि बन्द गरिएको एनओसी वितरण पुनः खुला गरेसँगै एनओसी नपाएर समस्यामा परेका विद्यार्थीहरुलाई केही सहज हुने र जापान, अष्ट्रेलिया, दक्षिण कोरीया, बंगलादेश र चीनमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि भर्ना प्रकृया पुरा गरि शुल्क पठाउन नपाएका विद्यार्थीलाई यस कार्यले सहयोग पुग्ने विज्ञाप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी एनआसी प्राप्त भएपछि विद्यार्थी र अभिभावकहरुलाई शैक्षिक शुल्क पठाउन अनावश्यक दवाव हुने भन्दै सम्वन्धित देशमा महामारीको अवस्था, बोर्डर खुला भए नभएको वा कति समय पछि खुल्ने हो जस्ता सबै विषयहरुमा विशेष विचार पु¥याएर मात्र विदेशी शैक्षिक संस्थाहरुलाई शुल्क वापतको रकम पठाउनु विद्यार्थी तथा अभिभावकहरुलाई आग्रह गरेको छ । खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार