असोज १४, २०८३ बुधबार September 30, 2026

अटोमेटिक पेस्तोल र भरुवा बन्दुक सहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः बाँकेको नेपालगंज उपमहानगरपालिका-१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोल सहित सोही उपमहानगरपालिका-२१ पुरैना बस्ने सोही उपमहानगरपालिका-१२ घर भएका ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पुरैनाबाट राँझातर्फ साईकलमा जाँदै गरेको अवस्थामा उनलाई पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दाङ, दंङ्गीशरण गाउँपालिका-२ स्थित तिलकन्या सामुदायिक बनबाट १ थान भरुवा बन्दुक सहित सोही ठाउँ बस्ने २४ वर्षीय मेघराज पुनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

अबैध भरुवा बन्दुक साथमा लिई शिकार खेल्न हिँडेको अबस्थामा प्रहरी चौकी गोल्टाकुरीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान
२०८३ असोज १४, बुधबार
आज बुधबार : कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल
२०८३ असोज १४, बुधबार
बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ
२०८३ असोज १४, बुधबार
भोटेकोशी बाढीः एक हजार ४५४ शव फेला
२०८३ असोज १४, बुधबार
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार