असार २४, २०८२ मंगलबार July 8, 2025

पाकिस्तान इङ्ल्याण्डसँग ९ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इङ्ल्याण्ड भ्रमणमा रहेको पाकिस्तान पहिलो एकदिवसीय क्रिकेट प्रतियोगितामा ९ विकेटले पराजित भएको छ ।

इङ्ल्याण्डको सोफिया गार्डेन्समा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पाहुना टोली पाकिस्तान ३५ दशमलव २ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको थियो ।

१४२ रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको घरेलु टोली इङ्ल्याण्डले २१ दशमलव ५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो जीत इङ्ल्याण्डको पोल्टामा गएको हो । इङ्ल्याण्डका लागि डेविड मालन र ज्याक क्राउलीले अर्धशतकीय पारी खेलेपछि जीत सहज बनेको थियो ।

इङ्ल्याण्डका मुख्यमुख्य पहिलो दर्जाका खेलाडीहरु श्रीलंकासँगको खेलपछि कोभिडको आशंकामा आइसोलेसनमा बस्‍नुपरेपछि इङ्ल्याण्डले आफ्नो दोस्रो टोलीलाई मैदानमा उतारेको थियो ।

यता पाकिस्तानले भने तीनवटा एक दिवसीय श्रृङ्खलामा पाकिस्तानको दोस्रो टोलीसँग पहिलो खेलमै लज्जास्पद हार व्यहोरेको छ । दोस्रो एकदिवसीय खेल भने भोलि ३.४५ बजेबाट सुरु हुँदैछ । -एनटिभी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार