असार २४, २०८२ मंगलबार July 8, 2025

हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लामा पहिलोपटक अनलाइन माध्यमबाट पठनपाठनको अभ्यास सुरु भएको छ । सदरमुकाम सिमकोटमा रहेको निजि कैलाश बोधि स्कुलले पहिलो अभ्यास सुरू गरेको हो ।

कोभिड-१९ संक्रमणको दोश्रो लहर फैलिंदै गएपछि जिल्लाका सम्पूर्ण विद्यालय बन्द छन् । सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठन-पाठन लामो समयदेखि बन्द छन् ।

जिल्लामा पहिलोपटक अनलाइन माध्यम सुरू गरेका कैलाश बोधि विद्यालयका प्रधानध्यापक छवाङ लामाले अनलाईन कक्षा प्रभावकारी रहेको जानकारी दिनुभयो ।

वैकल्पिक माध्यम अनलाइनबाट कक्षा पाँचदेखि कक्षा आठसम्मको सुरू गरेको विद्यालयका प्रधानध्यापक लामाको भनाई छ । अनलाइन कक्षाको प्रभावकारीता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएमामा सबै कक्षाहरु सञ्चालन गर्ने भएको लामाले बताउनुभयो ।

जिल्लाका सरकारी विद्यालयका गतिविधि भने लकडाउनपछि ठप्प छ । सरोकारवाला निकायले अनलाइन माध्ययमबाट विद्यालय सञ्चालन गर्न अहिलेसम्म कुनै ध्यान नदिएको अभिभावकहरुको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार