असार २४, २०८२ मंगलबार July 8, 2025

शिक्षकहरुलाई एकै किसिमको परिचयपत्र दिने बारे शिक्षा मन्त्रालय सकारात्मक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीलाई एकै किसिमको परीचयपत्र दिने बारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा प्रारम्भिक छलफल भएको छ ।

सेवाको हिसावले शिक्षकहरु पनि राष्ट्रसेवक भएको र शिक्षकहरुलाई राज्यले एकै किसिमको परीचयपत्र दिन आवश्यक रहेको भन्दै मन्त्रालयमा प्रारम्भिक छलफल भएको हो ।

यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सकरात्मक रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रारम्भिक छलफल भएको र एकै किसिमको परीचयपत्र कुन मापदण्डका आधारमा वितरण गर्ने भन्ने बारे छलफल भएको जनाएको छ । साथै एक दुई दिनमा वैठक बसेर यसलाई कसरी व्यावस्थित गर्ने र वितरण प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

तनहुँ रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराईले यस विषयमा मन्त्रालयमा कुरा उठाइरहेको र शिक्षा मन्त्रालयले सकरात्मक रहेको बताउनु भयो । भन्नु भयो “अहिले सम्म राज्यले शिक्षकहरुलाई परीचयपत्र दिएको छैन, राज्यकै शिक्षकहरुलाई एकै किसिमको परीचयपत्र दिनु अनिवार्य छ ।” खबर एजुकेशन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार