असार ५, २०८३ शुक्रबार June 19, 2026

एमाले विवाद सुरक्षित रुपमा अवतरण भएको छ : गोकर्ण बिष्ट (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दसबुँदे सहमति कसरी सम्भव भयो ?

नेताहरूबीचमा लामो समयदेखि रहेको दूरी र अन्तरविरोधलाई कम गर्न अनौपचारिक प्रयत्न गर्‍यौं । ३० वटाभन्दा बढी अनौपचारिक बैठकमार्फत ९० प्रतिशतभन्दा बढी सहमतिको आधार खोजिएको थियो । कार्यदललाई औपचारिक रूपमा ब्युँत्याएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालसँग परामर्श गर्दै, असमझदारीलाई कम गर्दै सहमतिको बिन्दुमा पुग्न सफल भयौं ।

अहिलेको सहमतिले कुनै बिन्दुमा पार्टी एकता भत्किने अवस्था छ कि छैन ?

गतिशील र जीवन्त पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक हो । भविष्यमा अन्तरविरोध नजन्मेला भन्न सकिँदैन । तर एमालेभित्र केही समयदेखि विभाजनको अवस्था थियो । त्यसलाई यो सहमतिले सुरक्षित अवतरण गराएको छ । पार्टीलाई एकताबद्ध बनाउन सफल भएका छौं । अब हामीले विगतका जस्ता कमीकमजोरी दोहोरिन नदिन सावधानी अपनाउनेछौं र सफल पार्टीका रूपमा अगाडि बढ्नेछौं ।

तपाईंहरूले गरेको सहमतिलाई अध्यक्ष ओली र नेता नेपालले मान्नुहुन्छ ?

उहाँहरू दुवैसँग गहिरो परामर्श गरेर सम्झौतामा पुगेका छौं । पार्टीमा जुन प्रकारको सफलता प्राप्त भएको छ, त्यो समग्र पार्टी पंक्तिका लागि सुखद हो । उहाँहरू हाम्रा आदरणीय नेता हुनुहुन्छ । यो एकताको मर्म र भावनालाई गम्भीरताका साथ अझ कसिलो बनाउने गरी उहाँहरूले अगुवाइ गर्नुहुन्छ ।

देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले गरेको हस्ताक्षर अब के हुन्छ ?

प्रतिनिधिसभा विघटन र सरकारका सम्बन्धमा सहमतिको बुँदा ६ मा जे कुरा उल्लेख छ, त्यसले भन्न खोजेको नै प्रस्ट छ । त्यसमा थप व्याख्या गर्नुपर्ने आवश्यकता नै देख्दिनँ ।

नेता नेपालले अदालतलाई प्रभाव पार्ने निर्णय अमान्य छ भनिसक्नुभएको छ नि ?

कमरेड माधव नेपालसँग धेरै लामो परामर्शमार्फत यो निष्कर्षमा आइपुगेका छौं । उहाँ हाम्रो आदरणीय नेता हुनुहुन्छ । उहाँबाट यस प्रकारको अभिव्यक्ति आयो होला भन्नेमा मलाई विश्वास लाग्दैन ।

त्यसो भए किन उहाँको त्यस्तो प्रतिक्रिया आयो ?

हस्ताक्षर गर्नु अगाडि, हाम्रै अगाडि कमरेड भीम रावलले उहाँसँग लामो कुराकानी गरेर यो निष्कर्षमा पुगिएको छ ।

उहाँको सहमति भएन भने तपाईंहरूले गरेको समग्र एकताको प्रयास सार्थक होला र ?

यो काल्पनिक प्रश्नको जवाफ दिइरहनुपर्छ भन्ने लाग्दैन । पार्टीभित्र देखापरेका असामान्य र असहज परिस्थितिलाई समाधान गर्न दसबुँदे निष्कर्षमा पुगेका छौं । यसले हाम्रा मान्यता, अडान र आवश्यकतालाई फेरि पनि पुष्टि गरेको छ । यसलाई महत्त्वपूर्ण उपलब्धि मानेर अगाडि बढ्नुपर्छ । पार्टीलाई अझै बलियो बनाउने गरी नै समझदारीलाई व्यवस्थित गर्नु जरुरी छ ।

भोलि बस्ने स्थायी कमिटीको बैठकमा नेता नेपाल उपस्थित हुनुहुन्छ त ?

पार्टी अध्यक्ष र उहाँले बैठक अगाडि भेटघाट गर्ने र बैठकलाई व्यवस्थित गर्ने सन्दर्भमा सल्लाहका साथ अगाडि बढ्न आवश्यक छ । यसमा गम्भीरताका साथ ध्यान पुग्नेछ ।

सहमतिमा पावर सेयरिङको विषय छैन । त्यो कसरी हल हुन्छ ?

कार्यदलले जे कार्यादेश पाएको थियो, त्यसको परिधिभित्र रहेर आफ्नो जिम्मेवारीलाई सम्पादन गरेका छौं । पार्टीभित्र हरेक नेतृत्व, कार्यकर्ता पंक्तिको योग्यता, क्षमता र आवश्यकतालाई उचित व्यवस्थापन गरेर जाने सन्दर्भमा ध्यान पुर्‍याएर नै पार्टी अगाडि बढ्छ । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार