काठमाडौंः पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा गर्दै आन्दोलन गर्दे आएका पाँच विद्यार्थी संगठनले असार ३० गते देखि देशभर इन्धन वितरणमा रोक लगाउने घोषणा गरेका छन् ।
पाँच विद्यार्थी संगठनले नेपाल पेट्रोलियम राष्ट्रिय एसोसियसन,नेपाल पेट्रोलियम ढुवानी व्यावसायी महासंघका अध्यक्षालाई ध्यानाकर्षण गराउँदै देशभरका पेट्रोल पम्प, पेट्रोलियम डिलर्स र ढुवानी ट्याङ्करहरु बन्द गर्ने जनाएका हुन् ।
उनिहरुले जनताको ढाड सेक्ने गरी भएको मुल्यवृद्धि फिर्तागर्न गरिएको आन्दोलनमा एशोसिएसन मातहतका सम्पूर्ण पेट्रोल पम्प र ढुवानी ट्यांकहरु बन्द गरी आन्दोलनमा सहयोग गर्न आग्रह गरेका छन् ।
साथै ध्यानाकर्षणको अवज्ञा गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको सबै जिम्मेवारी व्यवसायी र एसोसियसन आफै हुने उनीहरूले चेतावनी दिएका छन् ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियूका अध्यक्ष सुरेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोखरेलले संयुक्त रुपमा पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन र ढुवानी व्यवसायी महासंघलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया