भाद्र १, २०८३ सोमबार August 17, 2026

बन्द कोठाभित्र सडेको अवस्थामा आमाछोरीको शव भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पर्साको वीरगन्जमा बन्द कोठाभित्र आमाछोरी मृत अवस्थामा भेटिएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२, मुर्ली नयाँ टोलस्थित एक घरको ताला लगाइएको कोठाभित्र २२ वर्षकी महिला र २ वर्षीया उनकी छोरीको शव फेला परेका हुन्।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई वीरगन्जको मुर्ली, नयाँ टोलस्थित मोहन झाको घरमा कोठाभाडा लिएर बसेका पवन साहका श्रीमती र छोरी मृत अवस्थामा फेला परेका हुन्।

शव भेटिएको कोठामा ताला लागेको थियो भने पवन फरार छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले दुवै शव सडेको अवस्थामा फेला परेको बताएका छन।

एसपी राठौर भने, ‘शव ६/७ दिन अगाडिकै रहेछ, प्रहरीले सोमबार राति घटनाबारे जानकारी पाएको हो।’

घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यहाँबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोली गएर ढोकाको ताल्चा तोडी हेर्दा कुहिएको अवस्थामा शव भेटिएका हुन्।

शव कपडाले बेरेर राखिएको अवस्थामा भेटिएको र घटनास्थल हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

पति फरार रहेकाले उनैले श्रमती र छोरीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ एसपी राठौरले भने, ‘वास्तविकता पत्ता लगाउन बाँकी छ।’ मृतक दुवैको नाम पनि थाहा भइनसकेको उनले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
भारतीय सेना प्रमुख सेठ र प्रधानसेनापति सिग्देल बिच शिष्टचार भेट
२०८३ भाद्र १, सोमबार
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणको निवेदन संयुक्त इजलासमा
२०८३ भाद्र १, सोमबार