असोज १७, २०८० बुधबार October 4, 2023

बन्द कोठाभित्र सडेको अवस्थामा आमाछोरीको शव भेटियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पर्साको वीरगन्जमा बन्द कोठाभित्र आमाछोरी मृत अवस्थामा भेटिएका छन्।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२, मुर्ली नयाँ टोलस्थित एक घरको ताला लगाइएको कोठाभित्र २२ वर्षकी महिला र २ वर्षीया उनकी छोरीको शव फेला परेका हुन्।

प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई वीरगन्जको मुर्ली, नयाँ टोलस्थित मोहन झाको घरमा कोठाभाडा लिएर बसेका पवन साहका श्रीमती र छोरी मृत अवस्थामा फेला परेका हुन्।

शव भेटिएको कोठामा ताला लागेको थियो भने पवन फरार छन्।

पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले दुवै शव सडेको अवस्थामा फेला परेको बताएका छन।

एसपी राठौर भने, ‘शव ६/७ दिन अगाडिकै रहेछ, प्रहरीले सोमबार राति घटनाबारे जानकारी पाएको हो।’

घरमा दुर्गन्ध फैलिएपछि घरबेटी झाले श्रीपुरस्थित वडा प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यहाँबाट प्रहरी निरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोली गएर ढोकाको ताल्चा तोडी हेर्दा कुहिएको अवस्थामा शव भेटिएका हुन्।

शव कपडाले बेरेर राखिएको अवस्थामा भेटिएको र घटनास्थल हेर्दा केही दिन पहिले नै हत्या गरेर छाडेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

पति फरार रहेकाले उनैले श्रमती र छोरीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं,’ एसपी राठौरले भने, ‘वास्तविकता पत्ता लगाउन बाँकी छ।’ मृतक दुवैको नाम पनि थाहा भइनसकेको उनले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार