मंसिर २२, २०८० शुक्रबार December 8, 2023

दशरथ रंगशालामा फुटबल हेर्न पुगेका दर्शक कुटिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल समर्थकमाथि प्रहरीले लाठी वर्षाएको छ । मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।
उनीहरुलाई हटाउने नाममा प्रहरीले एक समर्थकमाथि लाठी वर्षाएको छ । यतिसम्म कि प्रहरीले एक जनालाई घेरा हालेर कुटेको थियो ।

कुटपिटको फोटो खिचेको भन्दै पत्रकारहरुलाई समेत दुर्व्यवहार गरेको छ । नागरिक दैनिकका पत्रकार समुन चापागाईलाई प्रहरीले दुर्व्यवहार गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने बल प्रयोग नगरिएको दाबी गरेका छन । ‘टिकट पाइएन भनेर आएकालाई हट्नुस् भन्दा हटेनन् । त्यसपछि ठेलठाल गरेर हटाइएको हो । बल प्रयोग गरेको छैन’, उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार