मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

सेनाको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । रामेछाप नगरपालिका–८ भंगेरीमा मंगलबार बिहान सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइक पछाडि सवार एक जना घाइते भएका छन् ।

रामेछापबाट मन्थली तर्फ आइरहेको बा १ झ १०७० नम्वरको नेपाली सेना नयाँ गोरखगणको गाडीले विपरित दिशाबाट आइरहेको बा ३८ प ३९४८ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक १४ वर्षका सुशिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते १३ वर्षीय रामकृष्ण तामाङलाई उपचारको लागि जिल्ला अस्पताल रामेछाप पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिएका छन ।

मोटरसाइकल चालक सिकारु बालक भएका कारण दुर्घटना भएको आशंका गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार