असार २५, २०८२ बुधबार July 9, 2025

कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए।

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ।

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ। ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताए। अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए।

‘परीक्षार्थीलाई सरकारले परीक्षाअगावै कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न बोर्डले शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध पठाएको छ,’ अध्यक्ष पौडेलले भने, ‘दुर्गमका परीक्षा केन्द्रमा छापिएका प्रश्नपत्र नै पठाउनले व्यवस्था बोर्डले गरेको छ। परीक्षा हलमा पनि एउटा बेन्चमा एकजना विद्यार्थी मात्र बस्ने व्यवस्था गरिएको छ । कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ।’

देशभरि चार हजार तीन सय ३५ माध्यामिक विद्यालयहरूमा कक्षा ११ र १२ चलेका छन्। त्यही भएर यसपटक चार हजार तीन सय ३५ परीक्षा केन्द्र तोकिएको छ। ‘सतप्रतिशत नम्बरका लागि लिखित परीक्षा हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘२५ नम्बरको प्रयोगात्मक परीक्ष विद्यालयले नै लिन्छ।’

कोरोना जोखिमका कारण होम सेन्टर तोकिएपछि परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न जिल्ला प्रमुखहरूको संयोजकत्वमा रहेको परीक्षा समन्वय समितिलाई थप जिम्मेवार बनाइएको छ।  नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार