भाद्र ८, २०८३ सोमबार August 24, 2026

चिठ्ठा पर्‍यो भन्दै १५ करोड ठगी गरेको आरोपमा तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चिठ्ठा तथा पार्सलको प्रलोभन देखाएर झण्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेष्टुरेन्ट व्यवसायीसमेत छन् ।
भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् । महानगरीय प्रहरी अपराध महाशाखाकाअनुसार पक्राउ परेकामध्ये खड्का रेष्टुरेन्ट व्यवसायी हुन् ।
उनीहरुले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताएका छन ।

उनकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । अरु पनि यसरी ठगिएको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नक्कली समाचार फैलाए गोबिन्दाले १०० करोडको मानहानी मुद्दा हाल्ने
२०८३ भाद्र ८, सोमबार
बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत् उत्पादन परीक्षण जारी
२०८३ भाद्र ८, सोमबार
पृथ्वीराज मार्गमा पहिरो खस्दा यातायात सेवा प्रभावित
२०८३ भाद्र ८, सोमबार
१४औँ साग आगामी चैत तेस्रो साता पाकिस्तानमा हुने
२०८३ भाद्र ८, सोमबार
काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन
२०८३ भाद्र ८, सोमबार
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
२०८३ भाद्र ८, सोमबार
तीज गीतमा सुनको महँगीदेखि बेरोजगारीसम्मका नेपाली महिलाका गुनासा (भिडियो सहित)
२०८३ भाद्र ८, सोमबार