असार ५, २०८३ शुक्रबार June 19, 2026

एउटै पार्टीभित्र त सन्तुलन मिलाउन कठिन भइरहेकोे अवस्थामा यसलाई अस्वाभाविक रूपमा लिनुहुन्न । – कृष्णचन्द्र पोखरेल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्त्रिपरिषद्लाई पूर्णता दिन झन्डै डेढ महिना लगाउनुभयो । के समस्या थिए ?

छिटो गर्न पाएको भए राम्रै हुने थियोे । तर, गठबन्धनमा सहभागी दललाई मिलाउनुपर्‍यो । सबैका आ-आफ्नै ‘आइडोलोेजी’ छन् । एउटै पार्टीभित्र त सन्तुलन मिलाउन कठिन भइरहेकोे अवस्थामा यसलाई अस्वाभाविक रूपमा लिनुहुन्न ।

तर, सन्तुलन मिलेको त देखिएन नि ! कुनै जिल्लाको प्रतिनिधित्व नै भएन, कुनै जिल्लाका तीन–तीनजना मन्त्री बनाउनुभयो । अझ, दलित समुदायको त प्रतिनिधित्व नै छैन । 

हो, सन्तुलन मिलाउन सकिएन । ‘तपाईंको पार्टीले यो जिल्लाबाट र मेरो पार्टीले यो जिल्लाबाट बनाउने’ भन्ने हुँदोरहेनछ । त्यसरी सल्लाह गर्न पाएको भए हुन्थ्यो । जातीय र क्षेत्रीय सन्तुलन मिलाउन सकिनँ । यो सबै ‘रिअलाइज’ गरेको छु । अरू अवसरहरूमा उहाँहरूलाई कसरी समावेश गर्ने भन्ने विषयमा गम्भीर छु ।

संविधानले नै समावेशी प्रतिनिधित्वको कुरा गरेको छ । त्यसलाई समेत उल्लंघन गर्नुभयो ?

माओवादीको तर्फबाट एकजना महिला मन्त्री बन्नुभएको छ । अरू पनि समावेश गर्न पाएको भए राम्रै हुन्थ्यो । दलितबाट समावेश गराउन पनि प्रयास भएकै हो, तर सकिएन । पार्टीभित्रको र साझेदार दलहरूबीचको सन्तुलन मिलाउँदा सबै कुरा सोचेजस्तो नहुँदोरहेछ ।

भनेपछि आफ्नै पार्टीको नेतृत्व र गठबन्धनका दलहरूको दबाबमा पर्नुभयो ?

कमीकमजोरी भएका छन्, मैले स्वीकार गरिसकेको छु । मुख्यमन्त्री म भएपछि यो विषयमा अरूलाई दोष दिन मिल्दैन । मन्त्रिपरिषद् विस्तारका क्रममा जे भयो, त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु ।

सत्तासाझेदार जनता समाजवादी पार्टीले ‘सहमति गरेर धोका दिनुभयो’ भनेको छ । शपथको तयारीसाथ आएका तपाईंकै पार्टीका डोबाटे विश्वकर्माको मन्त्री पद बाटैबाट खोसियो । यसले तपाईंको छविलाई धमिल्याएजस्तो लाग्दैन ?

जे हुनु भइसकेको छ । मैले अगाडि पनि भनिसकेँ, उहाँ (डोबाटे)लाई न्याय गर्न सकिनँ । जसपाबाट मन्त्री हुनुभएको साथीले पनि त्यसरी बोल्नुहुन्थेन । गठबन्धनमा केही चित्त नबुझेका कुरा हुन सक्छन्, बिस्तारै मिलाएर जाने हो । जहाँसम्म मेरो छविको कुरा छ, पार्टीमा जिम्मेवारी लिँदा र सरकारको जिम्मेवारी लिँदा फरक हुने रहेछ । मैले यसलाई राम्रैसँग मनन गरेको छु ।

११ सदस्यीय मन्त्रिपरिषद् बनाउनुभयो । अझै एकजना थप्ने भनिएको छ, हो ? 

पूर्वसरकारले नै आवश्यकता महसुस गरेर मन्त्रालयको संख्या ११ पुर्‍याएको हो । अब यहाँभन्दा बढी मन्त्री बनाउने कुरा मभन्दा पनि गठबन्धन दलहरूबीचको सहमतिले तय हुने हो । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार