असार ५, २०८३ शुक्रबार June 19, 2026

आयोगको कृपाबाट सांसद पद पाएको होइन, कसैले खोस्न सक्दैन : लक्ष्मणलाल कर्ण (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निर्वाचन आयोगको फैसलामा प्रतिक्रिया के छ, अब के गर्नुहुन्छ ?

आयोगको फैसलालाई समष्टिगत रूपमा भोलि (मंगलबार) देखि छलफल गर्छौ । सर्वोच्च जाने वा के गर्ने भन्नेबारे त्यहीँ छलफल हुन्छ । हाम्रो पहिल्यैदेखि सर्वोच्चमा मुद्दा छ, नयाँ मुद्दामा जानुपर्ने हो वा होइन भन्ने पनि छलफल गर्नुपर्छ । आयोगको फैसलाअनुसार नयाँ पार्टी दर्ता गर्ने विषयमा पनि छलफल हुन्छ । हामीले पार्टी फुटाएको होइन, निर्वाचन आयोगले फुटाइदिएको हो ।

आयोगले तपाईंहरू जसपामा नै रहेको र नयाँ दल दर्ता गर्न आएको खण्डमा मात्रै मान्यता दिने भनेको होइन र ?

त्यसो हो भने त आधिकारिकताको फैसला किन गर्नुपर्ने थियो । यही कुरा उठाएर त हामी सर्वोच्चमा गएका हौँ । दफा ४४ को १ बमोजिम निवेदन आएको छैन । अहिले ३० जेठको आफ्नै फैसलाको दुहाई दिएको छ, तर अहिले त्यसमा कायम नरहेर किन आधिकारिकतामा गयो ?

यस विषयमा त तपाईंहरू ‘हेड काउन्ट’ रोक्न माग गर्दै सर्वोच्च गएपछि अदालतले आदेश दिन अस्वीकार गरेको होइन र ?

आयोगले सहमतिका लागि बोलाउँदा त हामी सहभागी भएका हौँ नि ! तर, आयोगले आधिकारिकताका विषय उठाएपछि न हामी गएका हौँ ।

आयोगको फैसलाअनुसार पार्टी एक रहने भन्ने मान्ने हो भने त तपाईंहरूसँग भएका सांसदहरूको पद पनि धरापमा पर्‍यो नि ?

दलसम्बन्धी ऐनले दुईवटा अवस्था दिएको छ । एउटा दल त्यागेर नयाँ पार्टी दर्ता गरेको अवस्था र ४० प्रतिशत पुर्‍याएर नयाँ दल खोलेपछि उक्त पार्टीको संसदीय दलमा नरहने भन्छ । हामीले दल त्यागेको होइन, निर्वाचन आयोगले दल दर्ता गर्न आउनुहोस् भनेको छ ।

यो हाम्रो स्वेच्छा नभएर निर्वाचन आयोगले बनाएको बाध्यता हो । यसरी खुलेको अर्को पार्टीले मान्यता पाउँछ भनेपछि त संसदीय दल पनि दुईवटा हुन्छ । यस्तो अवस्थामा सदस्यता कसरी धरापमा पर्छ ? पार्टीको मान्यता पाउँछ भने सांसदको पनि स्वतः मान्यता पाइहाल्छ । पद नरहने व्यवस्था त राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ ले मात्रै गरेको छ, दफा ४४ ले गरेको छैन । कानुनले जुन कुरालाई छुट दिएको छ, त्यो त गर्न पाइन्छ नि !

अर्को पक्षले तपाईंका सांसदहरूलाई अनुशासनको कारबाही गर्‍यो भने के हुन्छ ?

पार्टी नै हाम्रो होइन भने के अनुशासनको कारबाही गर्छ ? अर्को पार्टीमाथि कारबाही गर्न मिल्दैन ।

त्यो पार्टीमा पनि नरहने, छोडेपछि कारबाही गर्न पनि नमिल्ने भन्ने त कसरी हुन्छ ?

हामीले जसपाको होइन, राजपाको चुनाव चिह्नबाट चुनाव जितेको हो । राजपाको चुनाव चिह्नबाट संसद्, प्रदेश र स्थानीय तहमा पनि चुनाव जितका हौँ । त्यो कतै समायोजन पनि भएको छैन । संसद् पनि समायोज भएको छैन ।

अब के तपाईंहरू राजपाको सांसद भयौँ भन्न खोज्नुभएको हो ?

होइन, भोलि कुन नामले पार्टी खोल्छौँ त्यसैको सांसद हुन्छौँ । जनताको अभिमत कसले खोस्न सक्छ । निर्वाचन आयोगको कृपाबाट पाएको होइन सांसद पद, त्यसैले कसैले खोस्न सक्दैन । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार