कार्तिक २३, २०८३ सोमबार November 9, 2026

विभिन्‍न बहानामा शुल्क असुल्दै सामुदायिक विद्यालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सर्लाहीका केही सामुदायिक विद्यालयले विभिन्न बहानामा विद्यार्थीसँग शुल्क असुल्ने गरेका पाइएको छ । निःशुल्क पढाउनुपर्नेमा अधिकांशले  विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो  छ । जिल्लाको मलङ्गवा नगरपालिका–५, भाँडसरमा रहेको रामगुलाम जनता माविले भर्ना शुल्कको नाममा  चर्को शुल्क लिएको स्थानीय अभिभावक रवीन्द्र महतोले बताए ।

प्रधानाध्यापक जुगेश्वर राउतको निर्देशनमा आफूहरूले काम गरिरहेको र उनकै निर्देशनमा विद्यार्थीहरूको भर्ना लिँदा विकास शीर्षकमा रकम लिदै लेखा शाखाका कर्मचारी रामविश्वास रायले बताए । पहिला शुल्क बुझाएको बिल दिन मिल्दैन भनी पन्छिन खोजे पनि पछि जिद्दी गरेर  माग्दा भर्नाबापत लिएको शुल्क विकास शुल्कको शीर्षक उल्लेख गरेर बिल दिने गरेको अभिभावक महतोको भनाइ छ ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा भए पनि जिल्लाका अधिकांश सामुदायिक विद्यालयले भर्ना, परीक्षा, गयल , खेलकूद र विकास शुल्कका नाममा मात्र नभई अङ्ग्रेजी माध्यमको नाममा समेत रकम असुलिरहेका छन् । विद्यार्थीलाई भर्ना गराउँन लाग्दा लेखापाल रायले ५०० रुपैयाँ विद्यालयलाई बुझाउनुपर्ने नबुझाए भर्ना गर्न नमिल्ने बताएको मलङ्गवा नगरपालिका–६ खुटौनाका अभिभावक ललन राय यादवको गुनासो थियो  ।

सरकारले कक्षा १ देखि १२ सम्मको अध्ययनलाई  निःशुल्क गरेको छ  । बच्चाको नाम लेखिदिनुपर्‍यो भनी आग्रह गर्दासमेत नमानेपछि बाध्य भएर ५०० बुझाएको र सो बापत रसिद माग्दा भर्ना शुल्क भनेर लिए पनि पछि विकास शुल्क शीर्षक उल्लेख गरेर रसिद दिएको उनले बताए ।

प्रअ राउतलाई गैरकानूनी रूपमा विद्यार्थीहरूसँग रकम नअसुल्न पटकपटक आग्रह गर्दासमेत अटेर गरेपछि अभिभावक तथा विद्यार्थीले  जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । कार्यालयले शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयलाई यसबारे कारबाहीका अघि बढाउन पत्राचार गरेकाले उक्त प्रअ राउतको नाममा स्पष्टीकरण सोधिएको इकाइ प्रमुख रामआधारप्रसाद कुशवाहाले जानकारी दिए ।

सो पत्र लिएर तेस्रोपटकसम्म विद्यालयमा जाँदा प्रअ  र लेखापालले बुझ्न अस्वीकार गरेकाले भएर हुलाकमार्फत पत्र पठाइएको थियो । त्यो पत्र पनि तर उनीहरूले नबुझी पुनः हुलाकमै पठाएको अभिभावकहरुको गुनासो रहेको इकाइ प्रमुख कुशवाहाले बताए । तालुक निकायबाट आएको पत्र नबुझेको र आफूखुशी मनोमानी गरेको देखिएकाले  विद्यालयमा व्यापक भ्रष्टाचार भएको हुनसक्ने अभिभावकको आरोप थियो । विद्यालय सञ्चालनका लागि सरकारबाट वार्षिक रु ६ लाख प्राप्त हुने गरेकामा विभिन्न बहानामा  विद्यार्थीहरुबाट वार्षिक करीब रु चार लाख  असुल्दै उनीहरूको भनाइ थियो  । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन
२०८३ कार्तिक २३, सोमबार
पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा
२०८३ कार्तिक २३, सोमबार
नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
२०८३ कार्तिक २३, सोमबार
एनपिएलमा पोखरा एभेन्जर्सको पहिलो जित
२०८३ कार्तिक २३, सोमबार
उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट
२०८३ कार्तिक २३, सोमबार
रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल
२०८३ कार्तिक २३, सोमबार
नेपाली मौलिक संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ, संरक्षणमा जुटौँ : केपी ओली
२०८३ कार्तिक २३, सोमबार