काठमाण्डौंः कोहलपुर नगरपालिकाले भौतिक रुपमा विद्यालयले कक्षा सञ्चालन गरेपछि कारवाही स्वरुप स्पष्टीकरण सोधिएको छ । चार,पाँचदिन कोहलपुर नगरपालिका क्षेत्र भित्रका चारवटा संस्थागत विद्यालयले भौतिक रुपमा पठनपाठन गरे पछि स्पष्टीकरण माग गरिएको हो ।
साउन १० गते गरेको आकस्मिक संयुक्त अनुगमनका क्रममा केही संस्थागत विद्यालयले भौतिक रुपमा पठनपाठन गरेको पएपछि कारवाही स्वरुप स्पष्टीकरण सहित उपस्थित हुन निर्देशन दिएको थियो ।
नगरपालिकामा नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख तथा संस्थागत विद्यालयका छाता संगठनका जिल्ला र नगरस्तरीय प्रतिनिधि सहित आज बसेको बैठकले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने विद्यालयलाई स्पष्टीकरण सोधि अब उप्रान्त भौतिक रुपमा कक्षा सञ्चालन नगर्ने शर्तमा एक पटकका लागि सचेत गराउने निर्णय गरेको छ ।
चारवटा विद्यालयलाई स्पष्टीकरण सहित सपस्थित हुन भनिएको र कमि कामजोरी महसुस् गरे पछि एकपटका लागि सचेत गराएर छाडिएको नगर प्रमुख लुट बहादुर रावतले बताउनु भयो ।
साथै यो विषम परिस्थितिमा कुनै पनि विद्यालयले भौतिक रुपमा कक्षा सञ्चालन गरेमा प्रचलित कानून बमोजिम संक्रामक ऐन २०२० बमोजिम कारबाही गरिने शिक्षा प्रमुख अनन्त कुमार पौड्यालले जानकारी दिनु भएको छ ।
भौतिक रुपमा कक्षा सञ्चालन गर्ने विद्यालयहरुमा पञ्चमुखि विद्यालय,मिसन पब्लिक स्कुल,दिपज्योति बोर्डिङ स्कुल र निम्बल एकेडेमी रहेका छन् । खबर एजुकेशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया