काठमाडौंः रत्न मा.वि. तनहुका प्रधानाध्यापक रमेशबाबु भट्टराईले सरकारले भदौको ४ गतेसम्म पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नगरे आमरण अनसन बस्ने चेतावनि दिनु भएको छ । लामो समय देखि शिक्षक सेवा आयोगका पदाधिकारी रिक्त रहेको र सरकारले नियुक्तिमा ढिलाई गरेपछि आमरण अनसन बस्ने चेतावनि दिनु भएको हो ।
भट्टराईले पटक पटक प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडलाई भेटि शिक्षक सेवा आयोगका पदाधिकारीको नियुक्ति तत्काल गर्न, परीचयपत्रको व्यावस्था गर्न र शिक्षकको मर्यादाक्रम निर्धारण गर्न आग्रह गर्नु भएको थियो ।
प्रधानमन्त्री तथा गृहमन्त्रीले शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति तुरुन्त गरीने भने पनि अहिले सम्म पदाधिकारी नियुक्ति नभएपछि भट्टराईले भदौ ४ गतेसम्म पनि शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नगरे भदौ ५ गते देखि आमरण अनसन बस्ने अल्टिमेटम दिनु भएको छ । तर प्रधानमन्त्रीको कार्यलयले पदाधिकारी नियुक्ति छिटै गरिने जनाएको छ ।
आमरण अनसन शिक्षा क्षेत्रमा भएको विकृति विरुद्ध, सरकारले शिक्षकहरुलाई गरेको विभेद विरुद्ध रहेको भन्दै आम शिक्षक साथी, शिक्षा प्रेमी र शिक्षाकर्मिलाई सहयोग गर्न आग्रह गर्नुभएको छ ।
शिक्षक सेवा आयोगका पदाधिकारी नहुँदा अध्ययन अनुमतिपत्र, शिक्षक विज्ञापन, शिक्षकको बढुवा लगायत नीतिगत निर्णय गर्नुपर्ने काम रोकिएको छ भने प्रशासनिक माध्यमबाट हुने कामहरु मात्रै भएको छ ।
भट्टराई असार १७ गते सरकारले आर्थिक वर्ष २०७८÷०७९को लागि ल्याएको बजेटमा शिक्षक कार्मचारीलाई विच विभेद गरिएको र सम्पुर्ण शिक्षक राष्ट्रसेवक हुन भन्दै न्यायका लागि सर्वोच्च अदालत गएका छन । अहिले मुद्दा सर्वोच्च अदालतमा छ भने अदालतले सरकारसँग कारण मागेको छ । मुद्दाको साधरण तारीख साउन १७ गते रहेको छ । त्यसैगरी शिक्षक भट्टराईले नेपाल शिक्षक महासङ्घको ५७ लाख बेरुजु देखिएको विषय उठाउँदै आएका छन् भने अख्तियारमा छानविनका लागि उजुरी दिएका छन् । खबर एजुेकशन
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया