असार २४, २०८२ मंगलबार July 8, 2025

भारतलाई काउन्टर दिन सशस्त्र प्रहरी र बीओपी थप्ने सरकारको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको दरबन्दी थपेर बोर्डर आउट पोष्ट बढाउने तयारी गरेको छ । यसले अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन मद्दत गर्ने गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन ।

गृहमन्त्री थापाले शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा लिम्पियाधुराको ३७२ र कालापानीको विवादास्पद ३२/३३ गरेर ४०० बढी वर्गकिलोमिटर भारतले अतिक्रमण गरेको तथ्यांक प्रस्तुत गरे । ‘यो अतिक्रमण सन् १९६२ भन्दा पहिले देखिन्न । भारत चीन युद्ध पश्चात अतिक्रमण गरेको देखिन्छ । त्यसअगाडि यो भूभाग नेपालको थुप्रै प्रमाणहरु छन्’, उनले भने ।

भारत चीन युद्धका क्रममा भारतले १८ ठाउँमा सेना राख्यो । युद्धपछि १७ हटाएको भारतले कालापानीमा राखिराख्यो । ‘हुँदाहुँदा त्यो भूभाग भारतको हो भन्ने वैधानिक बनाउन नक्सा जारी गरे,’ उनले अघि भने, ‘यो क्षेत्र नेपालको हो भन्नेमा सरकार स्पष्ट छ । विगतका सरकारहरु पनि लड्दै आएका हुन् ।’

तर अहिलेसम्म राष्ट्रिय स्वाधीनताको लडाइँमा सफलता हात नपरेको भन्दै उनले अहिले नेपालको भूमि फिर्ता लिने अनुकुल स्थिति बनेको गृहमन्त्री बादलले सुनाएका छन ।

सशस्त्र प्रहरीमा दरबन्दी थप्ने प्रस्ताव

गृहमन्त्री थापाकाअनुसार नेपाल र भारत सीमा क्षेत्र एक हजार ८०० किलोमिटर भएको मानिन्छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मा दिएको छ र १०२ वटा बोर्डर आउट पोष्ट (बीओपी) छ । तर सीमा क्षेत्रमा नेपालका बीओपीको दुरी करिव २५/३० किलोमिटरमा छ । कालापानी क्षेत्रमा त बीओपी सीमा नजिकै पनि छैन ।

जबकी भारतले हरेक किलोमिटरमा बीओपी राखेको छ र, ठूलो संख्यामा सीमा सुरक्षा बल (एसएसबी) खटाएको छ । सेना र गोर्खा राइफल्स पनि खटिएका छन् ।
भारतलाई काउन्टर दिन अब सशस्त्र प्रहरीमा दरबन्दी थपेर बीओपी थप्ने गृहमन्त्रीले बताएका छन ।

‘सशस्त्र प्रहरी करिव ३७ हजार संख्या छ । यो सीमा सुरक्षा गर्न पर्याप्त देखिएको छैन,’ उनले भने, ‘गृह मन्त्रालयले सशस्त्रको दरबन्दी विस्तार गर्ने प्रस्ताव राखेको छ ।’

बोर्डर आउट पोष्ट पनि ६०/७० वटा पनि थप्न गृहकार्य भइरहेको मन्त्री थापाले बताएका छन । दार्चुलामा सशस्त्र प्रहरीको गुल्म रहे पनि सीमानजिकै सशस्त्र प्रहरी राख्न नसकिएको भन्दै उनले त्यसको एउटा समस्या सडक भएको बताएका छन ।

नेपाली भूभागमा जान समेत भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनले सुनाएका छन । गृहमन्त्री थापाले अब नेपाली भूभागबाट जाने सकिने गरी बाटो बनाउने र गुल्ममा रहेका सशस्त्र प्रहरीलाई सात ठाउँमा विस्तार गर्ने योजना सुनाएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार