कार्तिक ११, २०८३ बुधबार October 28, 2026

चर्चित गायिका सुनिता दुलालको तिज गीत ‘परदेशी छोरी’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायिका सुनिता दुलालको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘परदेशी छोरी’ बोलको गीतमा सुनिताको स्वर रहेको छ । ज्योती गुरुको शब्द रचना रहेको गीतमा सुरज लामिछानेको संगीत रहेको छ ।

तीज गीतका सन्दर्भमा सुनिता ‘चुजी’ गायिकाको रुपमा पर्छिन् । वर्षमा एउटा मात्रै तीज गीत गाउने सुनिताका गीत अरुका भन्दा फरक हुन्छन् । उनका हरेक गीतमा तीजका केही मौलिकता समेटिएका हुन्छन् । यस अर्थमा ‘परदेशी छोरी’ पनि आम तीज गीत भन्दा फरक छ । परदेशिएकी छोरीले तिजको समय घर सम्झिएको प्रसंग गीतमा समेटिएको छ ।

एउटा समय थियो । छोरी चेली विवाह गरेपछि माइती भन्दा टाढाको गाउँमा पुग्थे । कुनै कारण तीजमा माइत जान पाएनन् भने माइत जाँन नपाउदाको पीडा गीत मार्फत व्यक्त गर्थे ।

अहिले सन्दर्भ थोरै फरक छ । चेलीहरुले हिजो जस्तै सासुको कहर र नन्द आमाजुको टोकेसो सहनु पर्दैन । तर, घरबाट टाढै हुन्छन् । फरक यत्ति हो हिजो गाउँ फरक हुन्थ्यो भने देशै फरक हुन थालेको छ । आजका चेलीहरु सिमा पार गरेर कर्म गर्न निस्कन थालेका छन् ।

जतिसुकै सम्पन्न शहरमा स्थापित भए पनि नेपाली महिलाहरु आफ्ना रित र परम्परा भुल्न सक्दैनन् । तीज, दसैं, तिहार जस्ता पर्व उनीहरुका लागि उत्तिकै महत्वपूर्ण हुने गर्छ । यसपाली सुनिताले परदेशिएका छोरीहरुका पीडालाई गीत मार्फत व्यक्त गरेकी छिन् । भिडियो पनि उत्कृष्ठ बनेको छ । भिडियो निर्देशन कुशल श्रेष्ठले गरेका छन् ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार
शिक्षक सेवा आयोगद्वारा छ हजार शिक्षकको बढुवा पुनरावलोकन हुँदै
२०८३ कार्तिक ११, बुधबार
दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट
२०८३ कार्तिक ११, बुधबार