असार २३, २०८२ सोमबार July 7, 2025

चक्रपथमा मोनोरेल चलाउने भनेर घोषणा गरेका थियौँ, तर चक्रपथ नै बनेन । – विद्यासुन्दर शाक्य (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कार्यकालको अन्तिम वर्षमा हुनुहुन्छ । चार वर्षमा गरेका कामका लागि आफूलाई सयमा कति नम्बर दिनुहुन्छ ?

म त परीक्षार्थी हुँ । नम्बर कति दिने भन्ने कुरा नगरवासीको हातमा छ । मलाई टिकट दिने दल र मतदाताले मूल्यांकन गरिरहेका होलान् । हिजो हामी महानगरमा आउँदा कार्यालयदेखि घर पुग्दासम्म धुलोले आफूले आफैँलाई चिन्न नसकिने हुन्थ्यो, हरेक सडकमा खाल्टाखुल्टी थिए । तर, अहिले खाल्टाखुल्टी देख्नुहुन्न, धुलो देख्नुहुन्न । सम्पदा संरक्षणमा पुरातत्व विभाग र गुठीबाट अपेक्षा थियो, तर त्यहाँबाट नभएपछि महानगरपालिकाले सम्पदा पुनर्निर्माण गरेको छ, संरक्षण गरेको छ । दरबार हाइस्कुल, रानीपोखरी, धरहरा बनाइसक्यौँ, कमलपोखरी बन्दै छ ।

काठमाडौंवासीलाई मोनोरेल चढाएर मात्र महानगरबाट बिदा हुन्छु भन्नुहुन्थ्यो । नीति तथा कार्यक्रमबाटै योजना नै हटाउनुभएछ ?

चुनावताका सबै दलको चुनावी घोषणापत्रमा मोनोरेल थियो । हामीले पनि चक्रपथमा मोनोरेल चलाउने भनेर घोषणा गरेका थियौँ, तर चक्रपथ नै बनेन । कलंकीदेखि सुकेधारा क्षेत्रसम्मको चक्रपथ विस्तारको डिपिआर अहिले पनि तयार भएको छैन । जहाँ चलाउने भनेका थियौँ, त्यहीँ सडक नबनेपछि तत्कालका लागि मोनोरेल चलाउन सकिने स्थिति देखिएन ।

सय दिनमा गर्छु भनेका १०१ काम १५ सय दिन बित्दासमेत अलपत्र छन् नि ?

केहीबाहेक धेरै काम हामीले सम्पन्न गरिसकेका छौँ । प्राविधिक र कानुनी समस्या देखिएकाबाहेकका काम सकेका छौँ । बजेट भएर पनि समयमै खर्च गर्न सकिएको छैन । खरिद प्रक्रिया धेरै झन्झटिलो छ । विदेशमा नौ महिनामा भवन नै बनाएर देखाउँछन् । हामीलाई नौ महिना त खरिद प्रक्रियामा लाग्छ । अलि चाँडो गर्न खोज्यो, अख्तियार गइहाल्ने, मिडियामा आइहाल्ने । केही काम गर्न खोज्यो अख्तियारको पत्र आइहाल्छ ।

महानगरमा सुशासन कायम गर्ने प्रतिबद्धता थियो, तर नियमविपरीत प्रतिव्यक्ति एक हजार सात सयसम्म चियाखाजामा खर्च गर्नुभयो ? 

उजुरी पर्‍यो र गुनासो आयो भने त्यसमा छानबिन हुन्छ । विस्तृतमा मैले हेर्न बाँकी छ । तर, तपाईंहरूले गरेको हिसाब र हामीले गरेको हिसाब फरक हुन्छ । नगर अधिवेशनको बैठकमा हामी एक सय ६० जनप्रतिनिधि हुन्छौँ । अरू कर्मचारी, सुरक्षाकर्मी, कार्यालय सहयोगी पनि हुन्छन् । उनीहरूलाई खुवाउँदैनौँ भन्न त मिलेन नि ! स–साना कुरा मेयरले हेरेर साध्य हुँदैन । गुनासो, उजुरी आयो भने हेरौँला ।

फोहोर व्यवस्थापनको समस्या पनि ज्युँका त्युँ छ नि ?

फोहोरमैला व्यवस्थापनमा ठूलो फड्को मारेका छौँ । त्यसको परिणाम आउन बाँकी छ । पहिले सबै फोहोर सिसडोलमा विसर्जन गरिन्थ्यो । तर, अहिले बन्चरेडाँडामा व्यवस्थापन गर्न सफल भएका छौँ । सिसडोल दुई वर्षका लागि लिइएको थियो, तर १२ वर्षसम्म फोहोर व्यवस्थापनको काम भयो । अहिले बन्चरेडाँडा ल्यान्डफिल साइट बनिसकेको छ, हस्तान्तरण हुन मात्र बाँकी छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार