असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा बैठक : लामो समयसम्म बैठक नबोलाएकामा नेतृत्वको चर्को आलोचना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा नेताहरुले लामो समयसम्म बैठक नबोलाएकामा नेतृत्वको चर्को आलोचना गरेका छन् । उनीहरुले अहिले नै माफी दिन नसक्नेसमेत बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सोमबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमा १२ नेताले आफ्नो धारणा राखेका थिए ।
तीन तीन महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि एक वर्षसम्म बैठक किन नबोलाएको भनेर नेताहरुले प्रश्न गरेका छन् । नेता युवराज ज्ञवालीले त बैठक नबोलाएकोमा नेतृत्वले आत्मालोचना गरेर मात्र नहुने बताएका छन । ‘आलोचना गर्नुपर्छ र अब लगातार समयमै बैठकहरु हुन थालेपछि मात्र माफी दिन सकिन्छ,’ उनले भने ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा भने लामो समयसम्म बैठक बस्न नसकेकोमा आत्मालोचना गर्दै यस्ता कमजोरी दोहोरिन नदिने प्रतिवद्धता जनाइएको छ ।
नेताहरुले पार्टी विधि र पद्धतिअनुसार नचलेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको, मन्त्रीहरुले आफ्ना मान्छे मात्र हेरेको भन्दै आलोचना गरेका छन् ।

एमसीसीको विरोध

सोमबार बोल्ने मध्ये भीम रावल र देव गुरुङले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोध गरेका छन । यो अमेरिकाले अघि सारेको इण्डोप्यासिफिक रणनीतिकै अंग भएको भन्दै दुबै नेताले भनेका छन्, ‘अमेरिकाले एमसीसी इण्डोप्यासिफिक अन्तर्गत होइन भनेको छैन । र, यो नभन्दासम्म संसदबाट अनेमोदन गर्न सकिन्न ।’ अमेरिकाले होइन भनेको अवस्थामा पनि जस्ताको तस्तै संसदले अनुमोदन गर्न नसक्ने दुबै नेताको धारणा थियो ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी सम्झौता संसदले अनुमोदन नगरेको भन्दै तत्कालीन सभामुख कृष्णबहादुर महराको आलोचना गरेका थिए । साथै संसदको आगामी अधिवेशनबाट पास गर्ने बताएका छन् ।

सचिवालय विस्तार गरौं

स्थायी कमिटीको बैठकमा नेतृ पम्फा भुसालले पार्टी सचिवालय विस्तार गर्न माग गरेकी छन् । सचिवालयलाई विस्तार गरेर १५ सदस्यीय बनाउनुपर्ने र आफूहरुलाई पनि समेट्नुपर्ने उनको धारणा राखेको नेताहरुले बताएका छन् ।

हाल सचिवालय ९ सदस्यीय छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार