असार २३, २०८२ सोमबार July 7, 2025

प्रतिनिधिसभा बैठक शून्य समय : कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्ययोजनाका साथ अगाडि बढ्न अनुरोध गर्नुभयो ।

उहाँहरूले सबै नेपालीले समयमै खोप पाउने सुनिश्चितता गरी स्थगित भएका परीक्षा सञ्चालन गर्न आग्रह गर्नुभयो । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहत प्रदान गरी विपत्तिमा परेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न माग गर्नुभयो ।

सांसद शक्तिबहादुर बस्नेतले कोरोनाको तेस्रो लहर आउने सन्त्रास देखिएको सन्दर्भमा सरकारले के कस्तो प्रतिकार्यको योजना अगाडि सारेको छ भन्ने बारेमा सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद विन्दा पाण्डेले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको पञ्जीकरण गर्न र विदेशमा रहेका नेपालीलाई कार्यस्थलबाटै मतदानको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्राकृतिक विपत्तिमा परेको मेलम्ची तथा हेलम्बु क्षेत्रमा गाँस, बास र कपासको व्यवस्था गर्न आग्रह गर्दै सांसद शेरबहादुर तामाङले सो क्षेत्रमा सरकारको उपस्थिति हुनुपर्ने माग गर्नुभयो ।

सांसदहरु लालकाजी गुरुङ, लालप्रसाद साँवा लिम्बू, लालबहादुर थापा, विद्या भट्टराई, बिन्दा पाण्डे, विष्णु शर्मा, बोधमायाकुमारी यादव, शक्तिबहादुर बस्नेत, शशी श्रेष्ठ, शान्ता चौधरी, शान्तिमाया तामाङ पाख्रिन, शेरबहादुर तामाङ, श्याम श्रेष्ठ, सत्य पहाडी, समिना हुसेन, हरि अधिकारी, हितबहादुर तामाङले कोरोना कहर, प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्न, सीमा समस्या समाधान गर्न आग्रह गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार