असार २१, २०८२ शनिबार July 5, 2025

हङकङकी प्रमुख लामलाई ‘साहसी’ भन्दै प्रशंसा गरे चिनियाँ राष्ट्रपतिले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हङकङकी कार्यकारी प्रमुख क्यारी लामलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘साहसी व्यक्ति’ भन्दै प्रशंसा गरेका छन्।

आन्दोलनले जनजीवन प्रभावित बनाएको समयमा पनि लामले हङकङमा शान्ति र स्थायित्व ल्याउन साहसी कार्य गरेको सीको भनाइ रहेको छ।

यस्तै चिनियाँ राष्ट्रपतिले हङकङका प्रहरीलाई बेइजिङको साथ भएको दोहोर्याए। ७ महिनायता जारी आन्दोलनका कारण हङकङको अर्थतन्त्रमा ठूलो झट्का लागेको छ।

चीनका प्रधानमन्त्री ली किकियाङले हङकङकी कार्यकारीलाई हङकङको समस्याहरुको बारेमा सम्बोधन गर्न आग्रह गरेको केही समयपछि सीले लामको प्रशंसा गरेका हुन्।

सीले भने,‘समस्या र दबाब झेल्दा पनि लामले एक देश दुई प्रणाली सिद्धान्तलाई पालना गर्दै हङकङको समस्या समाधान गर्ने प्रयास गरिन्। उनले धेरै काम गरेकी छिन्।’

सीले हङकङको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्दै सबै एक भएर हङकङको विकासमा लाग्नु पर्ने बताएको एससीएमपीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कुवेतको जेलमा ५ महिलासहित ४८ नेपाली
२०८२ असार २१, शनिबार
“वाणगंगामा निःशुल्क ‘भजाइनल हिष्टेक्टोमी’ सफल, पिपरा अस्पतालले रच्यो इतिहास”
२०८२ असार २१, शनिबार
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार