असोज ११, २०८३ आइतबार September 27, 2026

सीजी इन्टरनेट अब सतुङ्गल, कलंकी र बालाजुमा पनि उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः चौधरी ग्रुपको सीजी इन्टरनेट अब सतुङ्गल, कलंकी र बालाजुमा पनि सेवा विस्तार भएको छ । मासिक ९९९ रूपैयाँमा १२० जीबी एमबिपिएसको इन्टरनेट दिने घोषणासहित बजार प्रवेश गरेको सीजी नेटले हाल काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सेवा विस्तार गरिरहेको छ ।

सीजी नेटको सेवा हाल जावलाखेल, लगनखेल, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा (रिङरोड) पुलचोक, कुलेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी र बल्खुमा उपलब्ध रहेको छ । कम्पनीले तिब्र गतिमा इन्टरनेट विस्तार गरिरहेको छ ।

कम्पनीले यसअघि साउन २६ गते महाराजगंजमा आफ्नो सेवा विस्तार गर्ने जनाएको थियो । तर प्राविधिक समस्याका कारण तोकिएको मितिमा हाम्रो सेवा सो स्थानमा शुरु गर्न असमर्थ भएको जानकारी सीजी नेटले दिएको थियो ।

सिजीले हाल १२० एमबीपीएसको इन्टरनेट विभिन्न शुल्कमा उपलब्ध गराएको छ । जसमा मासिक ९९९ रूपैयाँ, ३ महिनाको २ हजार ९९७, ६ महिनाको ६ हजार ९९४ र एक वर्षको ११ हजार ९८८ शुल्क तोकिएको छ ।

यी प्याकेज खरिद गर्दा जडान र ड्रप वायर चार्जको शुल्क लाग्ने छैन् । माथिका मूल्यमा टिएससी शुल्क समावेश गरिएको छ । यो सेवा लिँदा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागु हुने कम्पनीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार