वैशाख २०, २०८१ बिहिबार May 2, 2024

ठूलो शक्ति बन्ने दाहालको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाएको नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनपछि मुलुकको प्रमुख शक्ति बन्ने घोषणा गरेको छ। केन्द्रीय कमिटीको शनिबार सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो दाबी गरिएको छ। ‘आगामी निर्वाचनसम्म पुग्दा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ’, दाहालको प्रतिवेदनमा उल्लेख छ।

बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा दाहालले माओवादीको बलियो सांगठनिक संरचना नै मुलुकको प्रमुख शक्ति बन्ने आधार भएको तर्क गरेका थिए। उनले अहिले तीनवटा प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको विषयलाई पनि आगामी निर्वाचनपछि प्रमुख शक्ति बन्ने आधारका रूपमा व्याख्या गरेका छन्। प्रतिवेदनमा दाहालले पार्टीको राजनीतिक वैचारिक धार परिवर्तन गर्नेसमेत उल्लेख गरेका छन्। वर्तमान गठबन्धनलाई बलियो बनाउँदै आगामी निर्वाचनसम्म राजनीतिक वैचारिक धार बलियो बनाउने प्रतिवेदनमा उल्लेख छ।

उनले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको समेत औंल्याएका छन्। स्तान्तरण गर्न बाँकी रहेको उनले बताएका छन्। ‘बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भयो, सात प्रदेश र प्रवास गरी आठ प्रदेशका केन्द्रीय सदस्यहरूबीच समूहगत रूपमा छलफल गरी सुझाव दिने कार्यक्रम छ’, केन्द्रीय सदस्य शिवबहादुर बस्नेतले भने। उनका अनुसार अध्यक्ष दाहालले अहिलेको राजनीतिक परिस्थिति र सरकार सञ्चालनबारे धारणा राख्दै प्रतिवेदन पेस गरेका छन्।

प्रतिवेदनमा माओवादी नेतृत्वले मुलुकको राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको दाबी पनि गरिएको छ। अब उसले यसलाई संगठनात्मक शक्तिका रूपमा रूपान्तरण गर्ने सोच बनाएको छ। ‘माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ। त्यसैले अब परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादीले लिनुपर्छ,’ दाहाललाई उद्धृत गर्दै बस्नेतले भने। दाहालले प्रतिनिधिसभा विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको भन्दै गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम पनि आफ्नो पार्टीले नै गरेको दाबी गरेका छन्।

दाहालले नेतृत्वबाट केही कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक पहलकदमी लिएका कारण संघ र प्रदेश दुवैतिर माओवादी बलियो भएको बताएका छन्। ‘यसबीचमा हाम्रा कमीकमजोरी पनि भए। सहिद परिवार, घाइते र पीडितलाई प्रतिक्रियावादीले हाम्राविरुद्ध प्रयोग गर्न पनि खोजे। तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं, संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो,’ दाहालले भनेका छन्।

प्रतिवेदन पेस गर्दै उनले बलियो भएका छौं भनेर ढुक्क हुन भने नमिल्ने बताए। ‘बलियो छौं भनेर ढुक्क हुने स्थिति छैन। परिवर्तन उल्ट्याउन खोज्ने तत्वले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेका छन्, हाम्रो काँधमा अहिले पनि जिम्मेवारी छ। प्रतिगमनलाई परास्त गर्ने र रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनु हुँदैन, प्रतिगमन रोक्ने यात्रा अघि बढाउनु छ। साथसाथै अभियानकै रूपमा संगठन र जनमत निर्माण गर्ने काम गर्न जरुरी छ’, प्रतिवेदनमा उल्लेख छ।

दाहालले माओवादी केन्द्रमा वैचारिक समस्या कम रहेको दाबी पनि गरे। ‘हाम्रो पार्टीमा निर्णय गरिसकेपछि नमान्ने भन्ने छैन, हिजो गठबन्धनका नेताहरूको बैठकमा पनि कुरा चल्यो, बाहिरबाट हेर्दा सबैभन्दा मिलेको पार्टी माओवादी नै हो’, उनले भने। दाहालले नेकपाको विगत तीनवर्षे कार्यकालको पनि समीक्षा गरे। नेकपाका दुई अध्यक्षमध्ये केपी ओलीले प्रतिक्रियावादी धारको नेतृत्व गरेको र आफूले क्रान्तिकारी धारको नेतृत्व गर्दै वैचारिक संघर्ष गरेको दाबी उनको छ। आजको नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार
यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णयहरु
२०८१ वैशाख २०, बिहिबार
सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली
२०८१ वैशाख २०, बिहिबार