असार २३, २०८२ सोमबार July 7, 2025

प्रदेश नं १ को बजेट अधिवेशन अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः प्रदेश नं १ प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको सिफारिसमा सोमबार राति १२ बजेदेखि प्रदेशसभाको आठौँ  तथा चालु बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) अनुसार उहाँले अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशन गत जेठ २४ गतेदेखि सुरु भएको थियो  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया