श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य, नबिल १ नम्बरमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ ।

विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासमा बैंकको नाफा जम्मा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । तर, आव २०७७÷७८ को चौथो त्रैमासमा आइपुग्दा १९ दशमलव ९७ प्रतिशतले बढेर कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

वाणिज्य बैंकहरूले आफ्आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवाग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरोकारवालाको दाबी छ । उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापनसहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवाग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।

सम्बन्धित सरोकारवाला एवं बैंकिङ क्षेत्रमा संलग्नका अनुसार यो अवधिमा नाफा आर्जन गर्ने विभिन्न वाणिज्य बैंकमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ । सो अवधिमा नबिल बैंकको नाफा सबैभन्दा बढी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको खुद नाफा जम्मा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।

नबिल बैंकपछि धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकको नाफा ४१ दशमलव ८६ प्रतिशतले बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

सो अवधिमा विभिन्न वाणिज्य बैंकमध्ये २ वटा बैंकको नाफा मात्र ४ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । यसैगरी, ६ वटा बैंकको नाफा ३ अर्ब बढी रहेको देखाएको छ । जसमा पनि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब ७९ करोड ५४ लाख ७ सय ७६ हजार रुपैयाँ रहेको छ । यस बैंकको नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा केही घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको नाफा ४ अर्ब ३९ करोड ७३ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा यस बैंकको नाफा १३ दशमलव ६८ प्रतिशतले घटेको छ । त्यसैगरी, गत आवमा नाफा घट्ने अर्को बैंकमा एभरेस्ट, नेपाल एसबीआई र सेन्चुरी बैंक पनि रहेका छन । यी बैंकको नाफा २७ दशमलव ३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, सो अवधिमा ३ अर्ब बढी नाफा कमाउने वाणिज्य बैंकका साथै कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, प्राइम, एनआईसी एसिया बैंक र नेपाल बैंक रहेका छन् । यस्तै, आठवटा बैंकको नाफा २ अर्ब रुपैयाँभन्दा बढी रहेको छ । जसमा पनि हिमालयन बैंकको नाफा २ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । यस बैंकको नाफा १५ दशमलव ८९ प्रतिशतले बढेको छ ।

सोही अवधिमा विभिन्न आठवटा बैंकको नाफा १ अर्ब बढी रहेको छ । जसमा एभरेस्ट बैंक, माछापुच्छ«े, सिटिजन्स, लक्ष्मी, बैंक अफ काठमाडु, सनराइज, स्टयान्डर्ड चार्टर्ड र एनसीसी बैंक रहेका छन् । बाँकी दुईवटा सेन्चुरी र सिभिल बैंकको नाफा अर्बभन्दा कम रहेको छ । प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको रहेको छ । यस बैंकको नाफा ८४ दशमलव १६ प्रतिशतले बढेको छ ।

सो अवधिमा विभिन्न बैंकहरूको वितरणयोग्य नाफा पनि १२ अर्ब ३८ करोड २४ लाख २६ हजार रुपैयाँले बढेको छ । यस्तो वितरणयोग्य नाफा अघिल्लो वर्षको तुलनामा ३४ दशमलव ४१ प्रतिशतले बढेको देखिएको छ । गत वर्ष बैैंकहरूको यस्तो वितरणयोग्य नाफा ३४ अर्ब ९६ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
२०८२ श्रावण २, शुक्रबार