श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अधिवेशन अन्त्य गरेपछि बजेटमा अन्योल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको चालु आर्थिक वर्ष ०७८/७९ को बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने तयारी गरिरहेको सरकारले एकाएक संसदको अधिवेशन अन्त्य गरेपछि बजेट अन्योलमा परेको छ।

अध्यादेशमार्फत ल्याएको बजेट संसदबाट पास भएपछि मात्र मान्यता पाउँछ। केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते अध्यादेशमार्फत चालु आवका लागि बजेट ल्याएका थिए।

पुनः स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश संसदमा टेबल गरेका थिए। संसदमा टेबल गरेको ६० दिनभित्र अध्यादेश पास नभए स्वतः निष्क्रिय हुन्छ।

सरकारले संसद् पुनःस्थापनापछि दोस्रोपटक क्रियाशील भएको संसदको अधिवेशन सोमबार २९ दिनमै अन्त्य गरेको छ। अब तत्काल अधिवेशन बोलाउने सम्भावना कम रहेकाले आर्थिक अध्यादेश संसदबाट पारित हुने सम्भावना कम छ।

भदौ ३० सम्म अध्यादेश संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण नभए चालु आवको बजेटको वैधानिकता हुँदैन। अध्यादेशमार्फत बजेट ल्याएको भनेर पूववर्ती सरकारको आलोचना गरेको वर्तमान सरकारले पनि फेरि अध्यादेशमार्फत बजेट ल्याउनुपर्ने बाध्यता आइलाग्ने छ।

प्रतिस्थापन विधेयकमार्फत बजेट ल्याउने तयारी गरेको सरकारले न्यूनतम साझा कार्यक्रम समेत घोषणा गरेको थियो। अर्थमन्त्री शर्माले सत्ता सहयात्री दलबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड–१९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने बताएका थिए। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार