काठमाडौंः लोकप्रिय गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ ।
आकर्षक भिडियो सहित सार्वजनिक गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ । नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् ।
मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधिर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा आकर्षक रुपमा प्रेमकथा देखाउन खोजिएको छ ।
मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्का सम्पादन छ ।
हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो । न्यूज अभियान
भिडियोमा हेर्नुहोस्ः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया