असार २३, २०८२ सोमबार July 7, 2025

‘दुई सदस्य पदमुक्त नभएसम्म लुम्बिनी प्रदेशसभा चल्न दिदैनौँ’ – नेकपा एमाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेकपा (एमाले) ले आफ्नो पार्टीले कारवाही गरेका प्रदेशसभाका दुई जना सदस्य पदमुक्त भएको सूचना नदिँदासम्म बैठक चल्न नदिने बताएको छ ।

आज सभामुख पूर्णबहादुर घर्तीलाई भेटेर माग पूरा नभएसम्म प्रदेशसभा बैठक चल्न नदिने माग दो¥याएको हो । सभामुखले पठाएको पत्रको प्रतिक्रियास्वरुप फेरि अर्को पत्र बुझाएको एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

सभामुखले पठाएको पत्र आचरणविपरीत छ भनेर ध्यानाकर्षण गराउन फेरि पत्र बुझाएको र दुई सदस्यलाई कारवाही गर्नुपर्ने अडान यथावत् राखेको उहाँले बताउनुभयो ।

यसअघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सूचना दिन माग गरेको थियो । सभामुखले भन्नुभयो, “कारवाही गर्न नमिल्ने जवाफ फर्काउनुभएको थियो ।

सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो ।” भदौ १ गतेदेखि नवौँ अधिवेशन शुरु भए पनि विपक्षी दल एमालेले लगातार अवरुद्ध गर्दै आएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया