असार २४, २०८२ मंगलबार July 8, 2025

शिवमायाले सभामुखकै हैसियतमा संसद अधिवेशन शुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक उपसभामुख डा।शिवमाया तुम्बाहाम्फेकै अध्यक्षतामा शुरु हुने भएको छ । संसद बैठकको शुरुवात गरेरमात्र राजीनामा दिने उनको अडानमा नेकपा नेतृत्व सहमत भएपछि शुक्रबारको बैठक उपसभामुखकै अध्यक्षतामा शुरु हुने भएको छ ।
प्रतिनिधिसभा नियमावलीमा बैठकको शुरु र अन्त्य सभामुखले गर्ने भनिएको छ । सभामुख नभएको अवस्थामा उपसभामुखले गर्ने भन्नेबारे नियमावली बोल्दैन । सभामुख र उपसभामुख दुवै नभएको अवस्थामा भने जेष्ठ सदस्यले अध्यक्षता गर्ने भनिएको छ ।

सत्तारुढ नेकपाले सभामुख निर्वाचनका लागि उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न भनेको छ । उनले सभामुखमा दाबी गरिरहेकी छन् । पहिलो बैठकको शुरु गरेरमात्र राजीनामा दिने उनको चाहना अनुसार संसदीय दलका उपनेता सुवास नेम्वाङले सहजीकरण गरिदिएको नेकपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभा नियमावलीले नबोले पनि उपसभामुखले बैठकको अध्यक्षता गर्न लागेको संसद सचिवालय स्रोतले जनाएको छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले सभामुख नभएको अवस्थामा उसले गर्ने काम उपसभामुखलाई गर्न नियम कानुनले नरोकेको बताएका छन् । उनले त विधेयक प्रमाणिकरण समेत गर्न सक्ने बताएका थिए ।
तुम्बाहाम्फेले बिधेयक प्रमाणिकरण बाहेक सभामुखले गर्ने सबै काम गर्न थालेपछि प्रमुख विपक्षी नेपाली कांग्रेसले बिरोध गरेको छ । सभामुखकै हैसियतामा उनले गरेको सूचना आयोगका पदाधिकारीको सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भइसकेको छ ।

नेकपा स्रोतका अनुसार पहिलो बैठकको शुरुवात गरेर सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गरेपछि तुम्बाहाम्फेले उपसभामुखबाट राजीनामा दिनेछिन् । नेकपाले कसलाई सभामुख बनाउने भन्ने टुंगो लगाइसकेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार