असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्रीलाई देउवाको आग्रह : संवैधानिक परिषदबारे विवादास्पद विधेयक नल्याउनुस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न कांग्रेस सभापति देउवा नेता रमेश लेखकलाई लिएर बिहीबार विहान बालुवाटार पुगेका थिए । भेटमा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सुरुमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए ।

त्यसपछि उनले संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरेका छन् । केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं,’ लेखकले भने, ‘पार्टी सभापतिले विवादास्पद अध्यादेश वा कुनै पनि विधेयक नल्याउनु होला भन्नु भएको छ ।’

सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेसले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार