असोज १४, २०८३ बुधबार September 30, 2026

पुस १० गते सूर्यग्रहण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । आगामी साता नेपालमा खण्डग्रास सूर्यग्रहण लाग्दै छ। भारतको दक्षिण क्षेत्रसहित विभिन्न स्थानबाट ‘रिङ अफ फायर’को रुपमा देखिने यो ग्रहण अत्यधिक हुँदा काठमाडौंबाट भने करिब आधा सूर्य चन्द्रमाले ढाकिएको देखिनेछ।

पुस १० गते बिहान ८ बजेर २२ मिनेट जाँदा सुरु हुने सूर्यग्रहण ११ बजेर ३१ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम भएको समयमा काठमाडौंबाट ४८ प्रतिशत सूर्य कालो देखिनेछ। पश्चिम नेपालबाट त्यो ५१ प्रतिशत हुनेछ। सूर्यग्रहण २ घण्टा ४७ मिनेट ५० सेकेन्ड लाग्नेछ भने १० बजेर १ मिनेटमा मध्य हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ।

साउदी अरब, कतार, भारत, इन्डोनेसिया, गुआम र फिलिपिन्सबाट ‘रिङ अफ फायर’ देखिनेछ। जसमा पूरै चन्द्र पूरै सूर्यभित्र भए पनि सूर्य नढाकिने र वरिपरि प्रकाश देखिने बताएको छ।

चन्द्रमा पृथ्वीको कक्षमा परिक्रमा गर्दा सबैभन्दा पर शिरविन्दु ९एपोजी०मा पुगेको केही दिनपछि सूर्यग्रहण लाग्नलागेको हो। त्यस समयमा आकाशमा चन्द्रको आकार सूर्यभन्दा सानो भएको हुन्छ। यसको अर्थ चन्द्रले पूरै सूर्यलाई ढाकेको पृथ्वीबाट देखिँदैन जसका कारण ग्रहण लागेको बेला पृथ्वीबाट सूर्यको परिधि निकै चम्किलो प्रकाश देखिनेछ।

चिकित्सक तथा खगोलशास्त्रीहरुले नाङ्गो आँखाले ग्रहण नहेर्न सचेत गराएका छन्। नाङ्गो आँखाले ग्रहण हेरे आँखाको ज्योति गुम्न सक्ने वा आँखामा दीर्घकालीन समस्या आउने सक्नेछ। सूर्यग्रहण हेर्नका लागि विशेष प्रकारको सुरक्षित चश्मा लगाउनुपर्ने उनीहरुले बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
युरोपेली नेसन्स लिगमा क्रोएसियामाथि स्पेनको फराकिलो जित
२०८३ असोज १५, बिहिबार
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार